घुस लिने अख्तियारका दुई अधिकृतलाई अख्तियारले नै समात्यो


पोखरा/
काठमाडौं भ्रष्टाचारको मुद्दा मिलाइदिन्छु भन्दै दुई लाख घुस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुईजना अधिकृतलाई अख्तियार नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ।

आयोगले अख्तियारको क्षेत्रीय कार्यलय पोखराका शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्मालाई घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको आयोगले जनाएको छ।

भ्रष्टाचारको उजुरीको स्थलगत छानबिनका लागि पर्वत पुगेको दुईजनाले जिल्ला स्वास्थ्य कार्यलय पर्वतका प्रमुख नारायण ओझासँग मुद्दा मिलाइदिने भन्दै दुई लाख घुस लिएका थिए। आवश्यक अनुसन्धानपछि मुद्दाको प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ। उनिहरुलाई आज नै काठमाडौ बलाएर हिरासतमा लिएको थियो ।