मेस्सी र नुयुरलाई दोब्बर बढी मतले पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर ( सम्पूर्ण भोट सहित)


बार्सिलोना /
लिओनल मेस्सी र नुयुरलाई दोब्बर भन्दा पनि बढी मतले पछि पार्दै क्रिष्टियानो रोनाल्डो लगातार दोस्रो वर्ष ‘फिफा बालोन डि’ओर जितेका छन्।
भोटिंगको आधारमा प्रदान गरिने अवार्डमा मेस्सीले १५.७६ र नुयुरले १५.७२ प्रतिशत मत पाए भने उनीहरु भन्दा दोब्बर भन्दा बढी मत रोनाल्डोले ३७.६६ प्रतिशत मत प्राप्त गर्दै रोनाल्डो बर्ष खेलाडी बनेका हुन्। यो सँगै ४ पटकका बिजेता मेस्सी र रोनाल्डो बीचको प्रतिस्पर्धा अब झन् नयाँ शिराबाट हुने फुटबल पण्डितहरुले अनुमान लगाएका छन्।
जुरिचमा सोमबार राति भएको कार्यक्रममा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो फिफा बालोन डि’ओरको विजेता घोषित हुदै तेस्रो पटक वर्ष फुटबलर बन्न सफल भए।
उनले गत वर्ष पनि मेस्सीलाई नै पछि पार्दै यो उपाधि जितेका थिए । यसअघि सन् २००८ मा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा रहँदा पनि रोनाल्डो वर्ष फुटबलर घोषित भएका थिए ।

10363249_10150766800104953_4868449937626414735_n
२००९ देखि लगातार चार वर्ष वर्ष खेलाडी बनेका बार्सिलोनाका मेस्सी यो पटक दोस्रो स्थानमा रहे भने जर्मन तथा बार्यन म्युनिखका गोलरक्षक नुयुर तेस्रो स्थानमा रहे ।

नेपालका फुटबल कप्तानले पहिलो नम्बरमा रोनाल्डो,दोस्रोमा मेस्सी र तेस्रोमा नुयरलाई भोट गरेका छन्। नेपालका प्रशिक्षक भने पहिलो र दोस्रो नम्बरमा क्रमश रोनाल्डो र मेस्सीलाई छाने पनि तेस्रो रोजाईमा कोस्टालाई छानेका छन्। यस्तै मिडीयाबाट भोट हालेका राजु घिसिङ्गले रोनाल्डोलाई भोट गरेनन्। उनले आफ्नो रोजाइको पहिलोमा नुयुर दोस्रोमा मेस्सी र तेस्रोमा जर्मनमा थोमस मुलरलाई पारेका छन्।

10917123_10150766730559953_5639623691224723013_n

२९ वर्षीय रोनाल्डो गत वर्ष सन् २०१४ मा क्लब र देशलाई गरि ६० खेलबाट ६१ गोल गरेका थिए । आर्सनलका लेजेन्ड थिएरी हेनरीले रोनाल्डो लाई अवार्ड प्रदान गरेका थिए।

उनले भनेका छन्-जसले मलाई भोट गर्नुभो, मेरो अध्यक्ष, प्रशिक्षक र रियल मड्रिडलाई म धन्यवाद दिन चाहन्छु । यो अविश्वमरणीय वर्ष रहृयो ।’
जर्मन मिडफिल्डर नदिन कासलेर महिला फुटबलर अफ दि इयर घोषित भइन् । कोलम्बियाका जेम्स रोड्रिग्वेजले पुस्कास अवार्ड जिते । उनले ब्राजिल विश्वकपमा उरुग्वेविरुद्ध गरेको भली गोलका लागि यो अवार्ड जितेका हुन् । जर्मन प्रशिक्षक लो वर्षको उत्कृष्ट प्रशिक्षक बने । उनको नेतृत्वमा जर्मनीले यो वर्ष विश्वकप फुटबलको उपाधि जितेको थियो ।

नोट- कसले को-को लाई भोट दिए त पूर्ण बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्