स्पेनमा बालबालिकाहरु नेपाली कक्षामा ब्यस्त, अक्षर चिन्न र पढ्न थाले


बसन्त रानाभाट
बार्सिलोना/
विदेशमा हुर्केका आफ्ना छोराछोरीहरुले स्नेह पुर्बक बाबा, आमा भनेर बोलाईदिए पनि मन प्रफुल्ल बनाउने अभिभाबकहरु झन् उनीहरुले नेपाली अक्षर लेख्न र पढ्न थालेपछि त खुशीको कुनै सिमा नै छैन।

स्पेनको बार्सिलोनामा हुर्केका बालबालिकाहरुलाई घरमा नै नेपाली कक्षा चलाएर सिकाउन थाले पछि उनीहरुको नेपाली भाषामा सुधार आएको हो।

स्कुल जादा बालबालिकाहरु स्पेनिस भाषामा नै लेख्न र पढ्नु पर्ने हुदा फुर्सदको समयमा नेपाली भाषालाई पनि सिक्न सकुन् भनेर हरेक हप्ता नेपाली कक्षा संचालन ल्याईएको हो। हरेक शनिबार साँझ २ घण्टा उनीहरुलाई नेपाली लेख्न र पढ्न सिकाईन्छ ।

10912517_901596183207876_500596397_o

नेपालमा पनि ७ बर्ष जति स्कुलमा नै बालबच्चाहरुका साथ जीवन बिताए अहिले बिदेशमा पनि बाबु नानीहरुलाई पढाएर समय बिताउन पाउदा निकै खुशी लागेको छ शिक्षिका केशरी श्रेष्ठले नेपालीनेपाली डटकमलाई भन्छिन् , “अभिभाबकहरुले मलाई पढाउनको लागि जिम्मा दिनु भयो,आफ्नै घरमा नै कक्षा चलाएकी छु। शुरु – शुरुमा गाह्रो पनि भयो तर अहिले सहज हुदै गएको छ। १ बर्षमा अहिले उनीहरुले वाक्य उच्चारण पनि गर्छन् र लेख्न पनि सक्छन्।

७ बर्ष देखि ९ बर्ष सम्मका ८ जना बालबालिकाहरुलाई उनले आफ्नै घरमा पढाउदै आएकी छन्।
अहिले त झन् आफुलाई भेटेर ५ बर्ष मुनिका आफ्ना बालबालिकाहरुलाई पनि पढाई दिनु पर्यो भनेर अभिभाबकहरुले अनुरोध गरिरहेको शिक्षिका श्रेष्ठ बताउछिन्।

गत बर्ष जनवरी पहिलो हप्ता देखि शुरु भएको नेपाली कक्षाले एक बर्ष पुरा गरेको छ। पहिलो बार्षिकउत्सवको अबसरमा बालबालिकाहरु अभिभाबकको साथमा खानपिन गर्दै खुशी मनाएका थिए।

10885582_10203341334550648_8520229625924250446_n

सोही कक्षामा राखेर पढाईरहेकी एक अभिभाबक सरला सापकोटाले आफ्नो छोराले नेपाली भाषामा गरेको प्रगतिले खुशी बनाएको बताउछिन्। सन् २०१० तिर पनि कक्षा चलाउने कुरा चलेको थियो तर शुरु हुन सकेन उनि भन्छिन्, “बार्सिलोनामा यति धेरै संघ सस्थाहरु छन् कसैले पहल गरेर निश्चित ठाउमा अझ ब्यबस्थित तरिकाले कक्षा चलाउन पाए अरु बालबालिकाहरुले पनि पढ्न पाउने थिए।”

केहि अभिभाबकहरुले आफ्ना बालबालिकाहरुको स्कुल बाहेकको समय निकालेर यसरी नेपाली भाषा र सस्कृति प्रति देखाएको चासोलाई नेपाली समुदायले मुक्त कण्ठले प्रशंसा गरेको छ। नेपाली कक्षाबाट नै रास्ट्रीय गान सिके पछि आजभोलि त बालबालिकाहरुले नेपाली कार्यक्रमहरु पनि भाग लिएर गाउन पनि थालेका छन्।

10428538_10152427511620458_3115364713560052191_n-210856210_901596129874548_1061229766_o10933230_901720429862118_1891113655_n