सफलता चुम्दैछन् सुरज रानाभाट


 

सुरज रानाभाट प्रतिभाशाली कलाकार हुन् । ६ बर्ष अघि म्युजिक भिडियोको माध्यमबाट मोडलिङमा प्रबेश गरेका सुरजले हाल सम्म १५० भन्दा बढी भिडियोमा काम गरिसकेका छन् ।

केही फेसन शो र टिभी फिल्मीले आयोजना गरेको एक रियालिटी शोको टप १० सम्म पर्न सफल सुरजले निशानी, म अनी तिमी चलचित्रमा अभिनय गरिसकेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘टाईगर द रियल हिरो’ बाट मुख्य अभिनेताको रुपमा रहेका सुरज चल्तिका डिस्ट्रीब्युटर केदार पराजुलीको नयाँ चलचित्र ‘स्काउट’ मा पनि मुख्य अभिनेताको रुपमा रहेका उनी पौषको अन्तिम हप्ताबाट सुटिङमा जाने बताउछन् ।

नेपाली चलचित्रमा राम्रो स्टार बन्ने सपना बोकेका सुरज लाई निर्देशक राजु गिरिले ‘ टाईगर द रियल हिरो’ मा राम्रो कलाकारको सम्भाबना देखेरनै लिएका हुन् । धेरै सडक नाटक, मोडेलिङ र चलचित्रमा लागेका सुरज अबको दिनमा सबै बिधामा उत्तिकै जम्ने र यसै क्षेत्रलाई कर्मथलो बनाउने तल्लीन छन् ।

source-आर्टिस्ट नेपाल/

983772_640022826095929_3378753906196404053_n10590417_623913414373537_127481842969803327_n1972325_552421444856068_1170171202_n551389_506151292816417_2073144141_n