फ्रान्सेली प्रहरीले आतंककारीको हत्या कसरी गरे त ? (घटना बिबरण सहित)


फ्रान्सेली सेनाले चार्ली हेब्दो आमहत्याका दोषी दुई दाजुभाइ तथा उनीहरूका एक सहयोगीलाई तीन दिनसम्म रक्तपातपछि शुक्रबार मारेका छन् भने यस घटनाले फ्रान्सलाई भित्रैबाट स्तब्ध बनाएको छ ।

यी बन्दुकधारीले बुधबार व्यङ्ग्यात्मक साप्ताहिक पत्रिकाको कार्यालयमा १२ व्यक्तिको हत्या गरेपछि मुलुकलाई नै किनारामा पारेका थिए भने उनीहरूलाई मारेपछि पनि प्रहरी यी पुरुषका एक महिलामित्रको खोजीमा देखिएका छन् ।

घातक हतियार लिएका दाजुभाइलाई पेरिसको उत्तरपूर्वी सानो नगरमा घेरिएको थियो भने तेस्रो व्यक्तिले एक यहुदी विशालवजारमा त्रस्त ग्राहकलाई बन्धकमा लिएका थिए । यहाँ चार व्यक्तिको मृत्यु भएको छ भने तीन प्रहरी सहित सात घाइते भएका छन् । सूर्यास्त भएपछि प्रहरी यी आतङ्कवादी रहेका दुई स्थानमा अगाडि बढेपछि विष्फोट भएको थियो ।

फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले आइतबार पेरिसमा एक एकता यात्रामा भाग लिने बताउनुभएको छ । यस यात्रामा लाखौँ जनता तथा जर्मनी, बेलायत, इटाली तथा स्पेनका नेताहरू सहभागी हुने अनुमान गरिएको छ । दाजुभाइ सेरिफ तथा सइद कौची तथा विशालबजारका बन्दुकधारु अमेदी कुलिबालीले तीनै गुप्तचरका संस्थाका लागि परिचित व्यक्ति भएको अवस्थामा पनि उनीहरू कसरी सुरक्षा घेरा तोड्न सफल भए भनी प्रश्न उठिरहेका छन् ।

france-army

बिहीबार महिला प्रहरीको हत्याका लागि प्रहरीले खोजिरहेका कुलिबालीका महिला मित्र हयात बुमेदिनलाई अझै पनि पक्राउ गर्न सकिएको छैन । आक्रमणका शृङ्खला फैलने आशङ्कामा अमेरिकाले विश्वव्यापी चुनौतीको चेतावनी दिएको छ । उसले आफ्ना नागरिकलाई विश्वको सबै भागमा आतङ्कवादी क्रियाकलाप तथा हिंसाका लागि सर्तक बनाएको छ ।

फ्रान्सेली राष्ट्रपति अलोँले फ्रान्सको चुनौती नसिकएको बताउनुभएको छ । उहाँले विशालबजारमा आक्रमणलाई यहुदीविरुद्धको आक्रमण मान्नुभएको छ । उहाँले यी सनकी व्यक्तिको मुसलमान धर्मसँग कुनै लेनदेन नभएको बताउनुभयो । कौची दाजुभाइलाई शुक्रबार पेरिसको बाहिरी भागमा रहेको दार्माताँ–एँ–गोलमा घेरिएको थियो । यसअघि उनीहरूको प्रहरीसँग गोली प्रहार भएको थियो र पेरिसका वकिल फ्राँस्वा मोलाँले उक्त घटनामा सइद सामान्य घाइते बताए ।

यी दाजुभाइले त्यहाँको व्यवस्थापकलाई बन्धक बनाएका थिए र सइदको घाउमा सहयोग गरिदिएकाले उनीहरूले यी व्यवस्थापकलाई छोडिदिएका थिए । एक व्यक्ति त्यसको भ¥याङमाथि ‘सिन्क’तल लुकेर बसेका थिए । यी लुकेर बसेका व्यक्तिले सुरक्षा बलललाई त्यहाँको सूचना उपलब्ध गराएका थिए र उनीलाई कुनै चोटपटक नलागेको बताइएको छ ।

यी आतङ्कवादीसँग मोलोटोभ तथा रकेट प्रक्षेपकका साथमा ठूलो मात्रामा घातक हतियार रहेको थियो ।

फ्रान्सको विशेष सेना घटनास्थलमा पुगेको थियो र त्यसपछि गोली प्रहारका घटना भएका थिए । त्यसअघि कुलिबालीले एक यहुदी विशालबजारमा प्रवेश गरी चार ग्राहकलाई मारी एक व्यक्तिलाई बन्धक बनाएका थिए ।

स्थानीय समय अनुसार ५ः०० बजेपछि सूर्यास्त भएपछि चार्ली हेब्दोमा आक्रमण गर्ने दुई इस्लामी बन्दुकधारीमाथि कारबाही भएको थियो ।

यसको केही समयपछि सुरक्षा सेना विशालवजारमा प्रवेश गरेको थियो र त्यससमयमा कुलिबाली साँझको प्रार्थनामा रहेका थिए ।

france-attackers-died

बीएफएमटीभीले प्रहरीले कुलिबाली निरस्त्र भएको समयको फाइदा लिएको जानकारी दिएको छ । यसबीच यी तीन व्यक्ति सुरक्षा सञ्जालबाट कसरी बाहिरिन सफल भए भन्ने प्रश्न उठेको छ । कुलिबाली तथा इस्लामी दाजुभाईबीच सम्बन्ध रहेको र उनीहरूले मिलेर काम गरेको देखिएको छ । यी तिनै व्यक्तिको कट्टरवादी भएको जानकारी फ्रान्सेली गुप्तचरलाई भएको बताइएको छ ।

बत्तीस वर्षीय सेरिफ कौची जिहादी थिए र निजले इराकमा लडाकू पठाउने काम गरेको भनी सन् २००८ मा कारवाही भोगेका थिए । निजका भाई ३४ वर्षीय सइदले सन् २०११ मा यमनको भ्रमण गरेको र निजले त्यहाँ एक्युएपीबाट हतियारसम्बन्धी तालिम प्राप्त गरेको बताइएको छ । यी दाजुभाई अमेरिकी आतङ्कवादीको सतर्कता सूचीमा परेको बताइएको छ ।

सेरिफले फ्रान्सेली टीभीलाई आफूले यमनमा केन्द्रीय कार्यालय रहेको अल–कायदा इन दी अरेबियन पेनिनसुलाका लागि काम गरेको र कुलिबालीले आफू इस्लामी स्टेट समूहका व्यक्ति भएको बताएका थिए । कुलिबालीले सन् २०१३ मा पाँच वर्षका लागि कारागारमा रहँदा कौचीलाई भेट गरेको बताइएको छ । उनले अल्जेरियाली इस्लामी साइमन ऐत अली बेल्कासेमलाई कारागारबाट भगाउन असफल सहयोग गरेका थिए ।

फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भाल्सले यस घटनाबाट गुप्तचरी असफल भएको देखिएको बताउनुभयो ।

charlie-hebdo-shooting-37

इस्लामी स्टेट समूहको रेडियोले उनीहरूले बहादुरीपूर्ण कार्य गरेको दाबी गरेको छ भने सोमालिया सेबाब लडाकू समूह, अल–कायदाको अफ्रिकाको प्रमुख संस्थाले त्यसलाई समर्थन गरेको बताइएको छ । यसबीच एक्युएपीको प्रमुख सरिया सदस्य हरिथ अल–नाधरीले फ्रान्समा पुनः आक्रमण गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सलाई यस विषयमा सहयोग गरिने बताउनुभएको छ । यस आक्राणमा फ्रान्सका सबैभन्दा मनपराइएका केही कार्टुनचित्रकारका साथमा दुई प्रहरी अधिकारीको हत्या भएको छ । युरोपको सबैभन्दा ठूलो मुसलमान समुदायका प्रमुखले सबै धर्मगुरुलाई आतङ्कवादको भत्र्सना गर्न आग्रह गर्नुभएको छ ।

यसबीच पेरिसमा ‘पेरिस चार्ली हो’, तथा फ्रान्स र विश्वभर सामाजिक सञ्जालमा ‘म चार्ली हुँ’ भन्ने सन्देश र प्रदर्शन देखिएका थिए ।

स्रोत – एजेन्सी