शक्ति र गृहलक्ष्मी ग्यासँ कम्पनीको पोखरा डिलरमा अनुगमन


पोखरा/

पोखरामा खाना पकाउने ग्याँसको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको नेतृत्वमा अनुगमन गरेको छ । शक्ति र गृहलक्ष्मी ग्यासँ कम्पनीको पोखरा डिलरमा अनुगमन गरिएको हो । उपभोक्ता मञ्च कास्की, पत्रकार लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा गृहलक्ष्मी ग्याँस पोखराका प्रमुख बालमुकुन्द बत्र्यौलाले यस क्षेत्रमा १ लाख ७२ हजार सिलीण्डर आफ्नो कम्पनीको रहेको जानकारी दिदै माग भन्दा कम ग्याँस आएका कारण अभाव भएको बताए । गृहलक्ष्मीले हाल ५० प्रतिशत सिलीण्डर खाली रहेको उहाँको भनाई छ । पोखरामा विभिन्न १६ वटा कम्पनीका ग्याँस विक्रि वितरण हुदै आएपनि शक्ति र गृहलक्ष्मीले धेरै बजार ओगटेका छन् ।

यसकारण आफूहरुमाथि ग्याँस अभाव हुनासाथ दबाब हुने गरेको शक्ति ग्याँसका मेघराज पौडेलले बताए । पौडेलका अनुसार यसअघि ७५ हजार सिलीण्डर बेच्दै आएकोमा हाल ३० हजार सिलीण्डर मात्रै आएको बताए । अनुगमनका क्रममा दुबै कम्पनीमा अम्लेख गन्जबाटै कम ग्यास आएका कारण अभाव सृजना भएको बताएका थिए ।

अभावलाई मेटाउनका लागी सरकानै लाग्नु पर्ने बताए । खाना पकाउने ग्याँस अभाव भएपछि पोखराको सृजनाचोकमा मंगलवार तनाव भएको थियो । ग्याँस नपाएपछि कतिपयले दाउरामा समेत खाना पकाउन थालेका छन् । नेपाल आयल निगमले एक हप्ता अघिनै ग्याँसको आपूर्ति सहज हुने भएपनि ग्याँसको अभाव उस्तै छ ।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खाना पकाउने एलपीजी ग्याँसको अभाव हुनुको कारण लिखित रुपमा पेश गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधवार निर्देशन दिएको थियो ।