पोखराको विकासका लागी १० समिति गठन


पोखरा/

पोखराको विकासका लागी क्षेत्रिय प्रशासन कार्यालय पोखराको आयोजनामा विभिन्न समिति गठन भएको छ । क्षेत्रिय प्रशासक दिनेशकुमार थपलीयाको सक्रियातामा भएको छलफल पछि विभिन्न समितिको गठन गरेको हो ।

पोखराका विकासको गुरुयोजना बनाउनका लागी डा कृष्ण केसीलाई संयोजक तोकिएको छ भने जिल्ला विकास समिति, शहरी विकास समिति लगाएतका संस्था पदन सदस्य छन् ।

त्यसै गरि पोखरामा सभासम्मेलन केन्द्र निमार्णका लागी जग्गा खोज्न संजिव बहादुर कोइराला संयोजक, बसपार्क निमार्णका लागी बाबुराम गिरी, पोखरा भ्यु टाउव निमार्णका लागी सुर्य बहादुर भुजेल, बोटानिकल पार्क निमार्णका लागी गणेश भट्टराई, चिडिया खान निमार्णका लागी हिमालयन बखे्रल, पोखरामा क्रिकेट मैदान निमार्णका लागी अशोक पालिखे, कला साहित्य पार्क निमार्णका लागी तिर्थ श्रेष्ठ, पोखरा स्वदेशी बजारका लागी विन्दु कुमार थापा, पोखरामा रिङरोड निमार्णका लागी विश्व प्रकास लामिछाने संयोजक रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

गठिन समितिले तीन दिन भित्र आवश्यक पर्ने समितिका अन्य सदस्यलाई नियुक्ती गर्ने छ भने एक साता पछि समितिले आवश्यक पर्ने जग्गा, आवश्यक डिजाइन, रकम लगाएतका सबै विषयमा अध्ययन गरि प्रतिबेदन पेश गर्ने छ ।