फ्रान्सका लागि नेपाली राजदुत अम्बिका लुईटेललाई पेरिसमा स्वागत


 

-भक्त वाग्ले

पेरिस/

फ्रान्सको लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुइँटेलज्युको स्वागतार्थ एन आर एन एन ए फ्रान्सले गत आईतवार साँझ एक कार्यकर्मको आयोजना गरि स्वागत तथा रात्रीभोज कार्यक्रम सम्पन्न गर्यो।

पेरिसमा सम्पन्न गरिएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष घनश्याम पौडेलले गर्नु भएको थियो। संघका सस्थापक अध्यक्ष तथा संरक्षक हरिहर अर्यालले खादा ओढाएर साथै अध्यक्ष पौडेलले फूलको गुच्छा प्रदान गरेर स्वागत गरिएको यस कार्यक्रममा आई सी सी का सदस्य मिन बहादुर जी सी ले नया बर्ष २०१५ को आगमन संगै पाल्नु भएकी महामहिम राजदूत श्रीमती लुइँटेलज्युको कार्यकाल सार्थक र सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो।

एन आर एन एन ए फ्रान्सका सस्थापक अध्यक्ष तथा संरक्षक हरिहर अर्यालले स्थापना काल देखी बर्तमान समय सम्म, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा, संघको हित र प्रगतिको लागी साथै नेपाल र नेपालीहरु माथि पर्न गएको प्राकृतिक बिपत्ति तथा शिक्षा र श्वास्थ्य जस्ता बिषयहरुमा संघले पुराएको आर्थिक नैतिक सहयोगको बारेमा चर्चा गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत लुइँटेलले आफू एक राष्ट्रको प्रतिनिधिको हैसियतले नेपाल र फ्रान्स बिचको दैत्य सम्बन्धलाई अझ दिगो र गाढा बनाउने कुरामा जोड दिनु हुदै मुलुकमा आर्थिक तथा शैक्षिक लगानी भित्राई राष्ट्रको चौतर्फी बिकाश तथा निर्माण गर्ने महान कार्यको लागी संसार भरि छरिएर रहेका लाखौ नेपालीहरुको एक मात्र साझा संस्था गैर आवासीय नेपाली संगठनले महत्व पूर्ण भूमिका खेल्न सक्ने कुरामा आफू बिश्वस्थ रहेको धारणा ब्यक्त गर्नु भएको थियो।

15010623gfggh

संघका निबर्तमान अध्यक्ष निर्मल अर्याल सल्लाहाकार सदस्य हेमन्त उपाध्याय ,मुकुन्द अमात्य, सुजाता के सी सहित सम्पूर्ण कार्यसमिती , उपसमितीका पदाधिकारीहरु लगायत बहुसंख्यक महिलाहरुको उपस्थिति रहेकोथियो।

 संघका अध्यक्ष घनश्याम पौडेलले संसारभर करिब ६४ मुलुकहरुमा आफ्नो राष्ट्रिय समिती गठन गराई ,नेपाल सरकारबाट मान्यता प्राप्त गरी, राज्यले परराष्ट्र मन्त्रालयमा एन आर एन बिभाग सिर्जना गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट नेपाल रास्ट्रको हित र उन्नतीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एनआरएन ए संग राजदुतावास पेरिस, पारस्पारिक सहयोग तथा सहकार्यका साथ् अगाडी बढी नेपाल राष्ट्रको बिकाशमा महत्व पूर्ण भूमिका खेल्नेछ भन्ने कुरामा आफु बिश्वस्थ रहेको विचार ब्यक्त गर्नु भयो।

 

15010623fffg