संविधान आउँछ भनेर नेताले ढाँटे : वार महासचिव


भक्तपुर /  नेपाल वार एसोशिएसनका महासचिव सुनिल पोखरेलले माघ ८ मा संविधान जारी हुन नसक्ने भएकाले मस्यौदा मात्रै भए पनि जारी गर्नुपर्ने बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलबार गरेको अन्तरसम्वाद कार्यक्रममा उनले माघ ८ मा संविधान आउँछ भन्नु जनतालाई ढाँट्नु मात्रै हो भने ।

माघ ८ पछि कुन दल र नेताको भूमिका के हुने भन्ने विवादमा दलहरु अल्झिएकोले संविधान ओझेलमा परेको उनले बताए ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा आफूलाई बनाउने अधिकार दिनु भन्नु सान्दर्भिक नहुने उनले बताए । महासचिव पोख्रेलले यसो गरे संविधानसभाको अधिकार कुण्ठित हुने धारणा राखे ।

-0nlinekhbar