माघ ८ गते कुनै पनि हालतमा संबिधान आउँदैन – नारायणकाजी श्रेष्ठ


सर्लाही,/ प्रमुख प्रतिपक्ष एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आउँदो माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने ठुकुवा गरेका छन्।

उपाध्यक्ष श्रेष्ठले दलहरु बीच आजै(भोली सहमति भैहाले पनि आउँदो माघ ८ गते संबिधान जारी हुन असंभव रहेको जानकारी गराए ।

मंगलबार लालबंदीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आएका श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै दलहरुले समयमा सहमति नगरेर अहिले हतार गरेर जनतालाई ढाँट्न खोजेको आरोप लगाए ।

सके माघ ८ गते संबिधानको मस्यौदा नभए आगामी संबिधान यस्तो हुन्छ भन्ने खाकासम्म सार्वजनिक गर्ने अहिलेको अधिकतम प्रयास भएको उनले वताए । उनले वर्तमान संबिधान सभाले संविधान दिनै पर्ने र दिने दावी गरे ।
उनले संबिधान सभाको अबधी बाँकी छ भनेर संविधान बनाउन भने ढिलाई गरेर अन्यौल सृजना गर्न नहुने औंल्याए । उनले प्रकृयामा गएर ८ गते संविधान जारी गर्ने भन्ने कुरा गलत भएको वताए ।

उता सत्ताधारी दलका नेताहरु प्रकृयामा गएरै भए पनि माघ ८ मै संविधान जारी हुन्छ भन्दै छन् । त्यसका लागी प्रधानमन्त्री सुशील कोइराला विवादीत विषयमा छलफल खोज्न आज पनि व्यस्त हुनु हुन्छ, कांग्रेसका एक नेताले जानकारी गराए ।