मलेसियामा एक नेपालीले गरे आत्महत्या,एक मृत भेटिए


– रामचन्द्र नेपाल
क्वालालम्पुर/ मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् भने एक जना आफ्नै ओछ्यानमा मृत्त भेटिएका छन् । लमजुङ घर भई ‘कानकाई’ कम्पनीमा कन्ट्रयाकमा आई हाल आसई कोसर एसडिएन वीएचडी तामिनजयामा कार्यरत अन्दाजी ३४ वर्षका रामकृष्ण हिमालीले तीन दिनअघि आत्महत्या गरेका हुन् ।

जनरल वर्करको रुपमा नियमित काम गरिरहेका हिमालीलाई केही दिन अगाडि डिउटी चेन्ज गर्ने भन्दै अर्के स्थानमा लगिएको थियो । एक हप्ता पछाडि उनी पुनः सोही कम्पनीमा काम गर्ने भन्दै फिर्ता आएका थिए ।

एक हप्ता पछाडि आउदाउनको एकोहोरो हुने स्वभाव देखिएको सोही कम्पनीमा कार्यरत जंगवहादुर वुढामगरले जानकारी गराएका छन् । उनी ९ महिना अगाडि मात्रै आरआर मेनपावरवाट मलेसिया आएका थिए । हिमालीको शवलाई पोस्मार्टमको लागि प्रहरीले स्थानीय अस्पतालमा लगेको छ ।

मलेसियाको जोहोरबारुको एक इलेक्ट्रोनिक कम्पनीमा काम गरिरहेका खोटाङका सञ्जीव राई सुतेको सुत्यै भएका छन । १० महिनाअघि मलेसिया आएका खार्मी वडा नं ५ का २० वर्षका सञ्जीव राईको विहान आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् ।

बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन् । राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । मलेसियाको जोहरबारुस्थित इलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौँको मोडेल इन्टरप्राइजेज कम्पनीबाट गत चैतमा मलेसिया आएका थिए ।