एमाले उपाध्यक्ष रावल युरोपमा, प्रबासी नेपाली मन्च स्पेनको अधिबेशन तयारी पुरा


– बसन्त रानाभाट
बार्सिलोना

कहिले अध्यक्ष केपी शर्मा ओली त कहिले सचिब प्रदिप ज्ञवाली उद्घाटन गर्न आउने भनी प्रचार गरिएको प्रबासी नेपाली मन्च स्पेनको तेस्रो अधिबेशनलाई सम्बोधन गर्न अन्तत: पुर्व गृह मन्त्री एबम नेकपा एमाले उपाध्यक्ष भिम बहादुर रावल युरोप आईपुगेका छन्।

डेनमार्क आईपुगेका रावल आज त्यहाको अधिबेशनलाई सम्बोधन गरी भोली बिहान बार्सिलोना आउने भएका हुन्।

ओलीको भ्रमण रद्द भए पछि ज्ञवालीले उद्घाटन गर्ने भन्दै मन्चले जानकारी दिएको थियो। तर  भिसा प्रकिया गर्न केही समय लाग्ने भए पछि उनको भ्रमण पनि रद्द भयो।

तर मन्चको अनुरोधमा उपाध्यक्ष रावल बुटबलको एमाले भेलालाई सम्बोधन गरिसकेपछि काठमाडौ हुदै डेनमार्क आईपुगेका हुन्। रावलको भने मल्टिपल भिसा भएकोले तत्काल आउन सम्भब भएको हो। मन्चका संरक्षक पुष्प राज तिमिल्सिना रावल को स्वागतका लागि डेनमार्क पुगिसकेका छन्।  सन् २०१२ मा सम्पन्न दोस्रो अधिबेशनलाई पनि उपाध्यक्ष रावल नै उद्घाटन गरेका थिए।

तेस्रो अधिबेशनको सम्पूर्ण तयारी पुरा भईसकेको मूल आयोजक समितिका संयोजक मुक्त बहादुर गुरुङले जानकारी दिए। मन्चका अध्यक्ष समेत रहेका गुरुङले नेपालीनेपाली डटकमलाई भने “सम्पूर्ण उपसमतिका संयोजकहरुले तयारी पुरा गर्नु भएको छ ,प्रमुख अतिथि पनि युरोप नै हुनुहुन्छ अब अधिबेशन सफल हुनेमा हामी पूर्ण बिश्वस्त छौ।”

सास्कृतिक कार्यक्रम र मंच ब्यबस्थापनको लागि ओमर बहादुर गुरुङ,अतिथि सत्कारमा हेम शेर्मा,खाना ब्यबस्थापनको लागि हेमन्त रानाभाट,आर्थिक समितिमा दिनेश गुरुङ,प्रचारप्रसारको लागि लक्ष्मण शर्मा र स्वयंसेवक परिचालन लागि दिपक भट्टराई लगायतका उपसमितिका संयोजकहरुले तयारी पुरा भएको जनाएका छन्।

यसै बीच एनआरएनए स्पेनले रावलको सम्मानमा सोमबार बिहान चियापान कार्यक्रमको आयोजना गरेको सुचना जारि गरेको छ।