नयाँको बर्षको स्वागतमा स्पेनका नेपालीहरु अङ्गुर टोक्न ब्यस्त


– बसन्त रानाभाट
बार्सिलोना/
स्पेनमा १२ वटा अङ्गुर टोक्दै नेपालीहरुले नयाँ बर्ष सन् २०१५ को स्वागत गरेका छन्। परम्परा अनुसार डिसेम्बर ३१ तारिक मध्येरातलाई बिदाई गरि नयाँ बर्षको शुरुवात गर्ने क्रममा स्पेनमा अङ्गुर टोक्ने प्रचलन रहेको छ।

नयाँ बर्षको स्वागत गर्दा बजाईने प्रत्येक घण्टीसँगै एक अङ्गुर खान सके नयाँ बर्ष सुखद् रहने, भाग्य पनि राम्रो हुने बिश्वास रहेको पाईन्छ।

प्रत्येक अङ्गुरले एक महिनाको प्रतिनिधित्व गर्ने र १२ महिनाका लागि १२ वटै अङ्गुर टोकेपछि बर्ष भरी नै समृद्धि हुने परम्परागत धारणा रहेको छ। अङ्गुरलाई १२ सेकेन्ड भित्र खाई सक्नु पर्ने हुन्छ। स्पेनको प्रभाब रहेका दक्षिणी अमेरिकी मुलुहरुमा पनि यस्तै गरी नयाँ बर्षको स्वागत गर्ने प्रचलन रहेको छ।

graphs images

स्पेनमा बसाई गर्दै आएका नेपालीहरुले पनि परम्परालाई निरन्तरता दिदै आएका छन्। बाक्लो बसाई रहेको शहर बार्सिलोना बासी नेपालीहरु नयाँ बर्ष मनाउन प्लासा स्पानिया पुगेका थिए। अङ्गुर टोक्न र आतिसबाजी देख्न पर्यटक र स्थानीय गरि हजारौको संख्यामा भिड लागेको थियो।

एक सहभागी नेपाली हिमाल शर्माले अङ्कुर टोकेर फरक ढंगले नयाँ बर्ष मनाउदा खुशी लागेको बताए। देश अनुसार परम्परा पनि फरक हुने रहेछ तर हामी जहा रहे पनि त्यहाको परम्परालाई सम्मान गर्नु पर्छ शर्माले बताए।

कतिपयले भने आ- आफ्नो घरमा परिबार,साथीभाईहरु रमाईलो गर्दै नयाँ बर्षको स्वागत गरेका छन्। घर घरमा रमाईलो गर्दा पनि मध्यरातमा नेपालीहरुले अङ्गुर टोक्न भने बिर्सेनन्।

परम्परा र सस्कृतिको बिबिधता रहेको युरोपका अन्य मुलुकहरुमा पनि नयाँ बर्षको स्वागत गर्ने तरिका फरक-फरक रहेको पाईन्छ।

10877785_894975693869925_1363227102_n