पुरुषोत्तम न्यौपानेको रिमझिम दोहोरी सन्चालनमा


पोखरा/

लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ दोहोरी साझँ सन्चालनमा ल्याएका छन् । पोखराको विरौटामा रिमझिम दोहोरी साझँ सन्चालनमा ल्याएका हुन् ।

लोकदोहोरीको गितको क्षेत्रमा राम्रो नाम कमाएका न्यौपानेले आफ्नै व्यवसाय शुरु गरेका हुन् । न्यौपालने सन्चालन गरेको दोहोरी पोखरामा १३ औ हो । पोखरामा यस भन्दा पहिलो १२ वटा दोहोरी साझँ थिए ।

पोखराकै लोकदोहोरी गायक प्रजापती पराजुलीले दोहोरी साझँको शुरुवात गरेका थिए । अहिले देश र विदेशमा समेत दोहोरी साझँ सन्चालनमा छन् ।