भारतीय राजदूत रञ्जित रे पोखरामा प्याराग्लाइडिङ्गमा रमाउदै,


सागर राज तिमिल्सिना

पोखरा/भारतीय राजदूत रञ्जित रे सोमबार पोखराको आकासमा प्याराग्लाइडिङ्गबाट मज्जा लिएका छन् । पोखराको लेकसाइडमा रहेको प्यारानोभा प्याराग्लाइडिङ्गका सन्चालक तथा पाइलट योगेस भट्टराईले रेलाई पोखराको आकासमा उठाएका थिए ।

प्याराग्लाइडिङ्गबाट हिमशृंलाका दृश्य, फेवाताल, पोखरा शहर र प्राकृतिक सुन्दरताले उनलाई पनि लोभ्याइरहेको थियो। १६औं पोखरा सडक महोत्सव उद्घाटनका लागी आइतबार पोखरा आएका उनी पोखराको प्राकृती दृश्यमा रमाएका थिए । आकाशमा हावामा कावा खाँदै चराझैं उडेर राजदूत रेले फेवाताल पुरीदै गएकोमा चिन्ता व्यक्त गरेको भट्टराईले बताए । उनले फेवाताल संरक्षणका लागी बेलैमा लाग्नुपर्ने बताउदै संरक्षणका लागी सहयोग गर्न भारत सरकार तत्पर रहेको बताएका थिए ।

उनले प्याराग्लाइडिङ्ग शुरक्षीत रहेको समेत बताएका थिए । उनले आइतबार पोखराको अर्को आक्रषण अल्टालाइटमा चढेका थिए । पोखरामा आउने पर्यटकको पहिलो रोजाइ हुने गरेको प्याराग्लाइडिङ्गमा पर्यटक मात्रै नभएर कलाकार, मन्त्री लगाएतका व्यक्ति पनि हावामा कावा खाने आएका थिए ।