एनआरएन केन्द्रीय कार्यालय निर्माणका लागि जर्मनीबाट ४६ लाख संकलन


फ्याङ्कर्फट/
गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि जर्मनीको फ्याङ्कर्फटमा ४६ लाख रुपैयाँ संकलन भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको आयोजनामा डिसेम्बर २७ तारिख साँझ फ्याङर्फटमा आयोजित कार्यक्रममा उपस्थीत गैरआवासीय नेपाली अगुवा तथा प्रतिनिधिहरुले गरेको प्रतिबद्धताबाट सो रकम संकलन भएको हो ।

एनआरएन जर्मनीका अध्यक्ष हरेन्द्र बनेमका अनुसार काठमाण्डौमा केन्द्रीय कार्यालय बनाउनका लागि थप रकमको आबश्यकता भएकाले रकम संकलन अभियानलाई जारी राखिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले स्वतस्फूर्तरुपमा आ-आफ्नो तर्फबाट सहयोग रकमको घोषणा गरेका थिए ।

कार्यक्रममा एनआरएन आईसीसीका महासचिव कुमार पन्त, एनआरएन सल्लाहकार दीलबहादुर गुरुङ, एनआरएन भवन निर्माण समिति युरोप संयोजक जानकी गुरुङ, एनआरएन जर्मनीका निर्वतमान आईसीसी सदस्य सन्तोषकुमार भट्टराई, एनआरएन बेल्जियमका सल्लाहकार सुकदेव तथा अष्ट्रेलियाकी महिला उद्यमी जमुना घले लगायतका अतिथिका रुपमा उपस्थीत हुनुहन्थ्यो ।

करिव १५ करोड लागतमा काठमाण्डौमा निर्माण गर्न लागिएको गैरआवासीय नेपाली संघको केन्दि्रय कार्यालय भवनका लागि अध्यक्ष घले आफै उपस्थीत भई बिभिन्न मुलुकमा रकम संकलन अभियान संचालन गरिरहनुभएको छ । यसअघि अष्ट्रेलिया, अमेरिका, हङकङ, थाइल्याण्ड लगायतका क्षेत्रमा अभियान संचलान गर्नुभएका अध्यक्ष घले यतिबेला अभियान संचालनका लागि युरोप क्षेत्रको भ्रमणमा हुनुहुन्छ ।