बुधबारदेखि लागू हुने गरि दुध लिटरमा ८ देखि १० रुपैयाँ वृद्धि


काठमाडौं / सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) दुधको मूल्य बढाएको छ । संस्थानले बुधबारदेखि लागू हुने गरि लिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गरेको हो ।

संस्थानको मंगलबार बसको सञ्चालक समिति बैठकले निलो प्याकेटको स्ट्यान्डर्ड दुधको भाउ लिटरमा ८ रुपैयाँ बढाएर ६४ रुपैयाँ पुर्‍याएको छ ।

गाईको दुधमा लिटरको ८ रुपैयाँ बढाएर ७२ रुपैयाँ पुर्‍याएको संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाले बताए । यसअघि गाई दुधको मूल्य ६४ रुपैयाँ थियो ।
फ्याटयूक्त दुध (हरियो प्याकेट) मा लिटरको १० रुपैयाँ बढाइएको छ । हालसम्म लिटरको ७० रुपैयाँ तिर्दै आएको फ्याटयूक्त दुधलाई बुधबारदेखि ८० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
दूधको प्रकार पुरानो मूल्य (लि.) वृद्धि मूल्य नयाँ मूल्य (लि.)
स्ट्यान्डर्ड दूध (नीलो प्याकेट) रु. ५६ रु. ८ रु. ६४
गाइको दुध रु. ६४ रु. ८ रु. ७२
फ्याटयूक्त दूध (हरियो प्याकेट) रु. ७० रु. १० रु. ८०

किसानको चर्को दबाबलाई थेग्न नसकेर दुधको भाउ बढाएको महाप्रबन्धक लिमिल्सिनाले बताए । किसानले माग गरेभन्दा करिव ५० प्रतिशत कम मूल्य वृद्धि गरेको उनको भनाई थियो । किसानले दुधको मूल्य बढाउन आग्रह गर्दै विगतदेखि नै दाबबमुलक कार्यक्रम आयोजना गर्दै आएका थिए । किसानको दबाबपछि संस्थानमा भाउ समायोजन गर्नका लागि समिति नै गठन गरिएको थियो ।

किसानले लिटरमा २/३ रुपैयाँ बढाए मान्य नहुने भनी दबाब दिइरहेको बताउँदै तिमिल्सिनाले किसान र उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य बढाएको दाबी गरे

-onlinekhabar