भारतीय कप्तान धोनीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा


काठमाडौं /भारतीय कप्तान महेन्द्र सिंह धोनीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाविरुद्धको मेलबर्न टेष्ट बराबरीमा सकिएपछि धोनीको सन्यास घोषणा भएको हो ।

अब अष्ट्रेलियाविरुद्ध जनवरी ९ मा हुने चौथो टेष्टको कप्तानी विराट कोहलीले गर्नेछन् । चार म्याचको टेष्ट सिरिज भारतले गुमाइसकेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव संजय पटेलका अनुसार धोनीको राजीनामा स्वीकार गरिएको छ र भारतीय क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद दिइएको छ ।

सबै फर्म्याटका खेलको तनाव लिनको साटो वन डे र टी-२० मा मात्र केन्द्रीत हुने धोनीले बताएका छन् । धोनी भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान मानिन्छन् । उनको कप्तानीमा भारतले टेष्ट बरियतामा शीर्ष स्थानमा पुग्यो । २००५ डिसेम्बर २ मा श्रीलंकाविरुद्धको टेष्टमा उनले डेब्यू गरेका थिए । उनले कुल ९० टेष्टमा ४ हजार ८७६ रन बनाएका छन् ।