ल्होछार मनाउदै तमु समाज स्पेनको तेस्रो अधिबेशन सम्पन्न (फोटोफिचर सहित)


– बसन्त रानाभाट
बार्सिलोना/
ल्होछार मनाउदै तमु समाज स्पेनले तेस्रो अधिबेशन सम्पन्न गरेको छ। हरेक बर्ष ल्होछार बिशेष कार्यक्रम राख्दै आएको समाजले यसपालि अधिबेशन पनि परेकोले एकै साथ सम्पन्न गरेको हो।

तेस्रो अधिबेशनले पुन: ज्योती गरुङ्लाई नै सर्वसम्मत अध्यक्षमा निर्बाचित गरेको छ। समितिको उपाध्यक्षमा युबराज गरुङ् ,महासचिब बेलकाजि गुरुङ, सचिब पपेन्द्र गुरुङ र कोषाध्यक्षमा दिपा गुरुङ चयन भएका छन्।

१४ सदस्यीय कार्यसमितिका सदस्यहरुमा राजु गुरुङ,नबिन गुरुङ,बिष्णु गुरुङ,सन्तोष गुरुङ,मुना गुरुङ,लक्ष्मण गुरुङ,अनिता गरुङ् “क”,अनिता गुरुङ “ख” र अमरजङ्ग गुरुङ रहेका छन्। समन्वय समतिका संयोजक ओमर गुरुङले नयाँ कार्यसमितिको नामावली घोषणा गरेका थिए।

यस्तै समाजले हरेक बर्ष बार्सिलोनामा मनाउदै आएको तमु जातिको महान पर्व ल्होछार यो पटक गरि आठौ पटक मनाएको छ। कार्यक्रमका बोल्दै प्रमुख अतिथि गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्का सल्लाहकार पुष्प राज तिमिल्सिना,समन्वय समतिका सदस्य दिपक खरेल,रास्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरीले ल्होसारको उपलक्ष्यमा शुभकामना दिदै नयाँ कार्यसमितिलाई बधाई समेत दिएका थिए।

10899721_892270110807150_989426896_n

स्पेन स्थित संघसस्थाका प्रतिनिधिहरु कार्यक्रममा उपस्थिति रहेको थियो।कलाकारहरुले गुरुङ गीतहरु लगायत नेपाली मौलिकता झल्काउने गित संगीतहरु प्रस्तुत गर्दै नृत्य गरेका थिए। बालकलाकार प्रेक्षा गुरुङ र निपुन गुरुङले “छुट्टी छोटो छ” बोलको गीतमा नृत्य गर्दा दर्शकहरु रमाउदै हौसला प्रदान गरेका थिए। सास्कृतिक कार्यक्रमको संयोजन महासचिब बेलकाजि गुरुङले गरेका थिए।

सहभागीहरुलाई कार्यक्रममा सेलरोटी,अचार लगायत नेपाली खानाका परिकारहरु खुवाईएको थियो। गुरुङ भेषभूषामा सजिएर तमुहरु कार्यक्रममा उपस्थित भएका थिए।

1978218_892182264149268_323319163_o

सन् २००७ मा बेन बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समितिको गठन गरि समाजले सन् २००९ मा पहिलो र २०१२ मा दोस्रो अधिबेशन सम्पन्न गरिसकेको छ। पहिलो र दोस्रो अधिबेशनबाट क्रमश ओमर गुरुङ र ज्योती गुरुङ अध्यक्षमा सर्बसहमत निर्बाचित बनेका थिए।

तस्बिर:- सन्तोष श्रेष्ठ

10884882_892269930807168_1499279955_n10884664_892269300807231_76581930_n10872279_892269394140555_554140075_n