पोखराको लेकसाइडमा १६ औं सडक महोत्सबको तयारी तिब्र


पोखरा /

पोखरा आईतवार देखि पोखराको लेकसाइडमा शुरु हुने १६ औं सडक महोत्सबको सबै तयारी पुरा भएको छ । रेवान पोखराको आयोजनामा ५ दिन सम्म सन्चालन हुने महोत्सबको तयारी पुरा भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी आयोजकले दिएका छन् ।
“सडकमै खाऊ, सडकमै रमाऊ” भन्ने नाराका अंग्रेजी नयाँ बर्षको अवसरमा रेष्टुरेष्ट एण्ड बार एशोसिएसन रेवान पोखराले लेकसाईडको तीन किलोमिटर क्षेत्रमा महोत्सब गर्दै आएको छ । महोत्सबको सुरक्षा ब्यबस्थापन, स्टल निर्माण लगायतका सबै तयारी पुरा भएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए ।

महोत्सब उद्घाटनको अबसरमा पोखरा आसपासको साथै देशका बिभिन्न स्थानको सास्कृतिक भेषभुषा प्रदर्शन गरिने छ । महोत्सवले पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेष भुषाको जगेर्ना गर्दै अन्तराष्ट्रिय स्तरमा चिनाउन, पोखरामा अवस्थित रेष्टुरेण्टहरुको खानाको गुणस्तर बृद्धि गर्दै खानाका परिकारका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पहिचान गराउन सफल रहेको छ । महोत्सबको भारतिय राजदुत रेञ्जित रे ले उद्घाटन गर्नेछन् ।

सडकमा नै कुर्चि टेवल राखेर विभिन्न खानाका स्टलहरु, सास्कृतिक तथा खेलकुद कार्यक्रम हुने छन् । त्यस्तै बसुन्धरा पार्कमा विशेष सास्कृतिक कार्यक्रम, लोक दोहोरी गित , बाल उद्यान, ख्याति प्राप्त पप व्याडहरुको प्रस्तुति, आतसवाजी, राष्ट्रिय तथा स्थानीय हास्य कलाकारहरुको प्रस्तुती रहने छन् । महोत्सबको अबसरमा नयाँ पोखरामा रात्री बस समेत सञ्चालन हुने भएको छ । महोत्सब स्थलमा पुग्ने दर्शकको सुबिधाको लागि पोखरा बस ब्यबशायी समिति सँगको समन्वयमा रात्री बस सञ्चालन गर्न लागिएको हो ।