ओलीको युरोप भ्रमण रद्द,एमाले सचिब प्रदिप ज्ञवाली आउने


 

– बसन्त रानाभाट
बार्सिलोना/

नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीले युरोप भ्रमणलाई रद्द गरेका छन्। अध्यक्ष ओलीको भ्रमण रद्द भए पछि प्रबासी नेपाली मन्च स्पेनको तेस्रो अधिबेशनलाई उद्घाटन गर्न एमाले सचिब तथा पोलिटब्युरो सदस्य प्रदिप ज्ञवाली आउने भएका छन्। युरोप भ्रमण गर्ने भनेकै दिन जनकपुरको भेलालाई सम्बोधन गर्ने कार्यक्रम भएपछि ओलीको भ्रमण रद्द भएको हो। एमालेले संविधानका अन्तरबस्तुमा पार्टीको धारणा स्पष्ट र माघ ८ भित्रै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सिर्जना गर्ने भन्दै जनवरी २ तारिकमा मुख्य १५ वटा सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुरुप ओलीले जनकपुर भेलालाई सम्बोधन गर्न लागेका हुन्।

प्रबासी नेपाली मन्च स्पेन र डेनमार्कको अधिबेशनलाई उद्घाटन गर्ने गरि ओलीले युरोप भ्रमण तय गरेका थिए। ओलीका लागि भन्दै स्पेनमा मन्चले दुई- दुई पटक अधिबेशनको मिति सारेको थियो। उनले स्पेन र फ्रान्सको बिचमा रहेको युरोपको छैटौ सानो मुलुक एण्डोराको भ्रमण गर्ने समेत योजना बनाएका थिए । एण्डोराका परराष्ट्र मन्त्री गिलबेट साबोईया सुने लगायत सरकारी उच्चपदस्त अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

तेस्रो अधिबेशन प्रचार प्रसार उप समितिका संयोजक लक्ष्मण शर्माले ओली नआउने निश्चित भएको बताएको छन्। उनले नेपालीनेपाली डटकमलाई भने “अध्यक्ष ज्युको युरोप आउनको लागि टिकट समेत तय भईसकेको थियो। पाटिको आकस्मिक निर्णयले आउन पाउनु भएन अब उहाको कार्यतालिका अनुसार डेनमार्क र स्पेनको अधिबेशनका लागि पाटि सचिब ज्ञवाली आउदै हुनु हुन्छ।” संबिधान निर्माणको लागि दलहरुको छलफल तिब्र भई रहेकोले पनि हाम्रो कार्यक्रमलाई असर गरेको हो शर्माले भने।

प्रबासी नेपाली मन्च स्पेनको तेस्रो अधिबेशन आगामी जनवरी ४ तारिक बार्सिलोनामा हुदैछ। मन्चको अध्यक्षमा दिनेश गुरुङ सर्बसम्मत भईसकेका छन्। नयाँ कार्यसमिति नै सर्बसम्मत चुनिएको बताए पनि अन्यको नामवली भने अधिबेशन स्थलबाट नै सार्बजनिक गर्ने भन्दै समन्वय समितिले गोप्य राखेको छ। तर उपाध्यक्ष ओमर गुरुङ, महासचिबमा लक्ष्मण शर्मा सर्बसम्मत भएको स्रोतको दाबी छ।