युएईको फुजेरामा हुने भलिबल प्रतियोगिताको तयारी तिब्र


– मनु क्षेत्री

फुजेरा/

युएईको फुजेरामा नया बर्षको अबसरमा हुन लागेको अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ। गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति फुजैराहको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

आउदो जनवरी २ तारिक शुक्रबार प्रतियोगितामा अहिले सम्म ६ बटा समुहले दर्ता गराईसकेको सस्थाका अध्यक्ष कृष्णा गिरीले नेपाली नेपाली डटकमलाई जानकारी दिए। टीम दर्ता खुल्ला गरिएको र शुल्क २०० दिराम रहेकोले अझै दर्ता गरि भाग लिन सक्ने हुदा खेलाडीहरुलाई सम्पर्क गर्न गिरीले अनुरोध गरेका छन्।

आपसी भेटघाट शुभकामना आदानप्रदान गर्ने तथा यहाँ अबस्थित नेपालीहरु जमघट हुने हुदा नेपाली माझ भएका समस्याहरु बुझ्न समेत सजिलो हुने हुदा प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।

साथै प्रतियोगितामाँ प्रथम पुरस्कार खसी सिल्ड, मेडल तथा प्रमाणपत्र , द्वितीय पुरस्कार नगद सिल्ड, मेडल तथा प्रमाण पत्रको रहेको संघका उपाध्यक्ष शिबलाल जैसीले बताएका छन्। साथै अनुशासित र राम्रो खेलाडी मध्यबाट एकजना खेलाडीलाइ बेस्ट प्लेयरको उपाधिबाट पुरस्कृत गरिने भएको छ।

प्रतियोगिता यही जनवरी २ तारिक शुक्रबार बिहान ८ बजे देखि लूलू हाइपर मार्केटको भलिबल मैदानमा संचालन हुने भएकोले उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।

 

टीम दर्ताको लागि सम्पर्क –

कृष्णा गिरी– ०५५५५८३९१५
शिबलाल जैसी – ०५२९८४९०१
बिष्णु प्रसाद अधिकारी – ०५२९०९३१३७
बिरेन्द्र खडका- ०५५३७२८८२५
मनु क्षेत्री – ०५५९२९३८४२