एनआरएनको ३० करोड लगानीमा कास्कीमा रुपाकोट रिसोर्ट सन्चालनमा


 

– सागर राज तिमिल्सिना
पोखरा /गैरआवासीय नेपालीको लगानीमा कास्कीको रुपाकोटमा सुविधासम्पन्न रिसोर्ट सन्चालनमा आएको छ । बेल्जियममा २० वर्षदेखि रेष्टुरेण्ट व्यवसाय सन्चालन गर्दै आएका पुष्प अधिकारीको ३० करोड रुपैयाँ लगानीमा रुपाकोट रिसोर्ट सन्चालनमा ल्याएको हो । रिसोर्टको बेल्जियमका टिलविङ नगरका मेयर रुडी बेइकन र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले शुक्रबार उद्घाटन गरे ।

२ सय रोपनी क्षेत्रफलमा निमार्ण भएको रिसोर्टमा पहिलो चरणमा ४२ वटा अत्याधुनिक सुविधासम्पन्न कोठाबाट सेवा सुरु गरेको सन्चालक पुष्प अधिकारीले जानकारी दिए । दोस्रो चरणमा करिब २ वर्ष भित्रमा एक अर्व रुपैयाँ लगानी गर्दै १ सय १६ कोठा र विभिन्न खेलकुद कोर्ट सहित सेमीनार हल निर्माण गरीने अधिकारीले बताए । एघार सय मिटर उचाईमा निर्मित रिसोर्टका सवै कोठाहरुवाट लेखनाथका तालहरु र हिमाल देखीने गरी निमार्ण गरिएको छ । उच्चतहका पर्यटकका लागी लक्षीत गरी वनाईएको रिसोर्टमा संपुर्ण प्याकेज सहित एक दिनको २ सय चालीस देखी तिनसय चालीस अमेरीकी डलर शुल्क तोकीएको छ । त्यसै गरि नेपालीका लागी १२ हजार देखि १५ हजार रुपैयाँ शुल्क लाग्छ ।

rupakot-resort-2

पोखरा आउने पर्यटकको वसाईअवधि लम्व्याउनका लागी रिसोर्टले रोयल हाईकिङ, बर्ड वाचिङ, गाउँ भिजिट, मेरिटेसन लगाएतका सेवा शुरु गरी थप प्याकेज पनि निर्माण गरीने अधिकारीले बताए । खानेपानीको समस्या रहेको रुपाकोटमा रिसोर्टले एक सय पचास मिटर गहिराईवाट वोरीङ गरी तीनवटा वोरीङ निमार्ण गरि स्थानियलाई समेत खानेपानी आपुर्ति गरेको छ ।

रिसोर्टको उद्घाटन गर्दै बेल्जियमको टिल विङ नगरका मेयर बेइकनले युरोपेली पर्यटकलाई रुपाकोट रिसोर्टले आर्कषिर्त गर्ने बताए । एनआरएनका अध्यक्ष घलेले नेपालको आर्थिक बृद्धिका लागि पर्यटन लगायतका दीर्घकालिन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरे । पर्यटन क्षेत्रमा लागनी गर्दा नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने बताउदै अध्यक्ष घलेले भने ‘आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना हुने बताए । जसले गर्दा अहिले विदेश काम कै लागी जाने संख्यामा समेत कमि आउने बताए ।

rupakot-resort-1

रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारीले आफुले १५ बर्षदेखि देखेको सपना पुरा भएको बताए । रिसोर्टबाट बेगनास र रुपा तालका साथै दर्जनौं हिमशृंखला, लेखनाथ र पोखरा शहरको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा देखि करिब २६ किलो मिटरको दुरीमा पर्दछ ।

rupakot-resort-5