सिद्धार्थले स्विकारे दिपिका पादुकोणसँगको सम्बन्ध


सिद्धार्थ माल्याले बलिउडकी नायिका दिपिका पादुकोणसँगको आफ्नो सम्बन्धको कुरा सबैको अगाडि स्विकार गरेका छन् । यद्यपी दिपिकाले भने यो कुरा सधैँ नकार्दै आएकी छिन् । दिपिका धेरैजसो आफ्नो लभ लाइफको लागि चर्चित रहने गर्दछिन् । उनले आफ्नो र रणबीर कपुरको सम्बन्धलाई पनि नकारेकी थिइन् । तर यी दुबैको सम्बन्ध धेरैदिनसम्म टिक्न सकेन र उनीहरुको बाटो नै अलग्गियो । त्यसपछि पनि उनले आफ्नो सम्बन्धको बारेमा कोहिसँग पनि खुलेर बताएकी छैनन् । एक समय उनी बिजनेस टाइकुन विजय माल्याका छोरा सिद्धार्थ माल्यासँग डेट गरिरहेको खबर छाएको थियो । एक अंग्रेजी साइटका अनुसार सिद्धार्थ माल्याले यो कुरा सबैको सामू स्विकार गरेका छन् । उनले भने, ‘हो, हामी एक अर्कालाई डेट गरिरहेका थियौँ र म अहिले पनि दिपिकासँग निरन्तर सम्पर्कमा छु । ’ यद्यपी दिपिकाले भने यो विषयमा केहि पनि बताएकी छैनन् । (एजेन्सी)