पोखराको चिप्लेढुङ्गामा व्यापारिक मेला हुने


पोखरा/

पोखराको चिप्लेढुङ्गा मिनी मार्केेट व्यापारिक एशोसियशनले पुस २५ देखि २७ गतेसम्म चिप्लेढुङ्गा मिनी मार्केट व्यापारिक मेला गर्ने भएको छ।एशोसियशनको बैठकले व्यापार प्रवद्र्वन तथा बजारको प्रचार प्रसार गर्ने उदेश्यले मेला आयोजना गर्ने निर्णय गरेको महासचिव उमराज बाँस्तोलाले जानकारी दिए।

मेलाको आकर्षणहरुमा सर्वसुलभ मुल्यका लत्ताकपडा, कस्मेटिक सामान, जुत्ताचप्पल, लगायतका सामान र सांस्कृतिक कार्यक्रम रहने छन्। मेलामा लत्ताकपडा, कस्मेटिक सामान, फलफूल लगायतका गरी एक सय १० वटा स्टल रहने छन्। मेला सम्पन्न गर्न एशोसियशनका अध्यक्ष तारानाथ अधिकारी संयोजक र ढाकामोहन बाँस्तोला मुस्कान सहसंयोजक रहेको एक सय ११ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु गठन गरिएको छ।

मेला सम्पन्न गर्नका लागि पाँच लाख खर्च लाग्ने र ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा प्रवेशका लागि कुनै शुल्क लाग्ने छैन। महोत्सवबाट दुई लाख बचत हुने र झण्डै एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ।