युरोप आउने भनेकै दिन ओलीले जनकपुरको भेलालाई सम्बोधन गर्ने


बार्सिलोना /
नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली युरोप आउने भनेकै दिन जनकपुरको भेलालाई सम्बोधन गर्ने भएका छन्। एमालेले संविधानका अन्तर्वस्तुमा पार्टीको धारणा स्पष्ट र माघ ८ भित्रै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सिर्जना गर्ने भन्दै पुस १८ गते (जनवरी २ तारिक) मुख्य १५ वटा सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।

जनकपुरमा अध्यक्ष केपी ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्ज नेता माधवकुमार नेपाल, नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम र पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् । त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले धनगढी, उपाध्यक्ष अष्लक्ष्मी शाक्यले महेन्द्रनगर, उपाध्यक्ष भिम रावलले बुटवल र महासचिव इश्वर पोखरेलले लाहानको भेलालाई सम्बोधन गर्नेछन् । उपमहासचि विष्णु पौडेलले चितवन, उपमहासचिव घनश्याम भुसालले सुर्खेत, सचिव प्रदीप ज्ञवालीले हेटौडा, सचिव पृथ्वीसुब्बा गुरुङले धनकुटा, सचिव गोकर्णराज विष्टले बाग्लुङ र सचिव योगेश भट्टराईले डोटीको भेलालाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

तर यस अघि ओलीको पुस १८ अर्थात् जनवरी २ तारिक नै डेनमार्कको कोपेनहेगन आउने भन्ने समय तालिका प्रबासी नेपाली मन्च स्पेनले उपलब्ध गराएको थियो। जनवरी ३ तारिक डेनमार्क र ४ तारिक स्पेनमा मन्चको अधिबेशनलाई उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।
आकस्मिक रुपमा एमाले हिजोमात्र जनवरी २ तारिक देश भर भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भए पछि ओलीको युरोप भ्रमणमा प्रभाब पर्ला वा नपर्ला यो बारेमा भने अहिले सम्म जानकारी पाप्त भएको छैन।