प्रबासी नेपाली मन्च स्पेनको अध्यक्षमा दिनेश गुरुङ सर्ब सहमत


– बसन्त रानाभाट
बार्सिलोना
प्रबासी  नेपाली मन्च स्पेनको अध्यक्षमा दिनेश गुरुङ सर्ब सहमत भएका छन्। आगामी जनवरी ४ तारिक तेस्रो अधिबेशन हुनु अगाबै समन्वय समितिले सर्ब सहमतले गरेको हो।
समन्वय समतिका संयोजक मुक्त बहादुर गुरुङले समतिका पाचै जना सदस्यहरुको हस्ताक्षर सहित नयाँ कार्य समतिको लागि सर्बसहमत भएको बताएका छन्। उनले  नेपालीनेपाली डटकमलाई भने, अहिलेलाई गुरुङको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेका छौ बाकि २ जना थपेर २१ सदस्यीय  बनाउने छौ।  तर संयोजक गुरुङले कार्यसमतिका अन्य पदाधिकारी र सदस्यहरुको नाम अहिले नै सार्बजनिक नगरी अधिबेशन स्थलबाट नै घोषणा गर्ने बताएका छन्।
अध्यक्षमा सर्ब सहमत बनेका गुरुङ मन्चको हालको कार्यसमति र एनआरएनए स्पेनको महासचिब पदमा रही काम गरिसकेका छन्।
आईतबार साँझ ५ बजे देखि बसेको समन्वय समितिको बैठकले राति अबेर ११.३० बजे सम्म बसेर निर्णय गरेको जनाएको छ। मुक्त गुरुङको संयोजकत्वमा गठित समितिमा संरक्षक पुष्प राज तिमिल्सिना,ओमर बहादुर गुरुङ, हेम शेर्पा र पुष्प केसी सदस्यहरु रहेका छन्।

प्रबासी नेपाली मंच स्पेन सन् २००७ डिसेम्बरमा पुष्प राज तिमिल्सिनाको अध्यक्षतामा गठन भएको हो। सन् २०१० र २०१२ मा गरि मंचका दुई वटा अधिबेशन यस अघि बार्सिलोनामा सम्पन्न भईसकेका छन् । मन्चको पहिलो र दोस्रो अधिबेशनबाट क्रमश पुष्प राज तिमिल्सिना र मुक्त गुरुङ अध्यक्ष बनेका थिए।