बाझो खेतमा स्पेनिस नाचेको भिडियो,गीतका सर्जक प्रेमराजा महतसम्म


– बसन्त रानाभाट
बार्सिलोना,
बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा भन्दै स्पेनिसले कम्मर मर्काउदै नाचेको भिडियो र समाचार यसै गीतका सर्जक प्रेम राजा महत समक्ष पुगेको छ। कलाकार अजय लोप्चन सँगै लहरै ५ जना नेपाली कलाकारको टोलीले स्पेनिसको समुहलाई नृत्य सिकाएका थिए। भिडियोलाई नेपालीनेपाली डटकमले आफ्नो अफिसियल फेसबुक पेजमा राखेको थियो। पेजबाट अहिलेसम्म भिडियोलाई ५ हजार ७ सय भन्दा बढीले हेरिएको छ।
प्रसिद्द बासुरिबाधक बिनोद कटुवालले सोहि गितलाई बासुरीको धुनमा प्रस्तुत गरेको भिडियो पनि समाजिक संजालमा अत्यन्तै लोकप्रिय बनेको छ।
नेपाली लोक गित संगीतका सर्जक प्रेमराजा महत र चर्चित लोकगायिका कोमल ओलीको आवाजमा सजिएको बाझो खेतमा बोलको गित नेपाली जनजिब्रोमा झुन्डिएको गित हो।
गीतका सर्जक महत हाल अमेरिकाका लागि नेपाली अबैतानिक बाणिज्य दुत पनि हुन्। उनि लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन्। उनले नेपालीनेपाली डटकम राखिएको सो भिडियो र समाचारलाई आफ्नो फेसबुकबाट सेयर समेत गरेका छन्। भिडियोलाई खिचेर एनआरएनए स्पेनका प्रबक्ता सन्तोष श्रेष्ठले नेपालीनेपाली डटकमलाई उपलब्ध गराएका थिए। 10877632_886615711372590_1495680543_n

एनआरएनए स्पेन र एईकाको सहकार्यमा भएको कार्यक्रमका झलकहरु बिदेशमा रहेको नेपाली समुदाय बीच पुग्नुलाई निकै परिणाममुखी मानिएको छ। स्पेनिस समुदायलाई लक्षित गरि गरिएको यो कार्यक्रमबाट अन्य मुलुकमा रहेका नेपालीहरुले यसैलाई सिको गरेमा नेपालीपन बिदेशीको मन सम्म पुग्ने देखिन्छ।
गत नोभेम्बर १९ देखि तिन दिन सम्म बार्सिलोनामा नेपाल झल्काउने कार्यक्रम सम्पन्न भएको थियो।

 

10872333_886615758039252_12593660_n