बार्सिलोनामा सम्पन्न एनआरएनको सम्मेलनमा आर्थिक अनियमितता नभएको ठहर


– वसन्त रानाभाट
बार्सिलोना/
गैरआबासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनमा कुनै पनि किसिमको आर्थिक अनियमितता नभएको ठहर भएको छ। तिन महिना लामो अध्ययन पछि आर्थिक छानबिन समितिले प्रतिबेदन पेश गर्दै यस्तो ठहर गरेको हो। गत जुनमा बार्सिलोनामा सम्पन्न सम्मेलनका बारेमा स्पेन स्थित संघ सस्थाहरुले आबाज उठाए पछि  गोपाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो।
राष्ट्रिय समन्वय परिषद् स्पेनका सल्लाकार समेत रहेका रेग्मीले आर्थिक अनियमितताको कुनै भर पर्दो प्रमाण नभेटिएको बताउदै भने,”आयोजक समितिबाट सम्मेलनको तयारीका क्रममा सरोकारहरूसँग समन्वय नहुनु,खर्चको अध्यावधिक गर्दा ब्यबस्थित रेकर्ड नराख्नु,खर्च गर्ने प्रकियामा केहि त्रुटी देखिनु र पारदर्शिताका सवाल उठ्दा समयमा निराकरण नगर्नु नै मुख्य कमजोरी देखियो। ”

आईसीसी सदस्य दिपक खरेलले आर्थिक हिनामिना भएको गलत र मिथ्या हुन् भन्ने कुरा छानबिन समितिले बुझाएको प्रतिबेदनले साबित गरिदिएको प्रतिक्रिया दिए। केहि समाचारहरुमा मलाई गलत ढंगले प्रचार गरियो त्यसको जबाफ प्रतिबेदनले दिएको छ भन्दै खरेलले सम्मेलनका क्रममा आफुले गरेको काममा गर्ब महसुस भएको बताएका छन्।
एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरीले छानबिन समितिलाई धन्यबाद दिदै आफुहरुले शुरुवात देखि नै कुनै किसिमको अनियमितता नभएको कुरा अहिले प्रतिबेदनले नै पुष्टी गरेको बताए। तर गिरीले भने “अनियमितता नभएको त समितिले बतायो तर उसका अनुसार अलि पारदर्शी नभएको भन्ने कुरालाई मनन गर्दै आगामी दिनमा सके सम्म पारदर्शिता बनाउने पहल गर्ने छु।”

यसैबीच समितको बुझाएको आर्थिक प्रतिबेदलाई संघले अनुमोदन गरेको छ। यो सँगै आर्थिक अनियमितता सम्बन्धि बिबाद पनि टुंगिएको छ। आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिनाको बिशेष उपस्थितिमा बसेको बैठकमा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो।
युरोपियन क्षेत्रीय बैठकको बिषयलाई लिएर स्पेनमा एनआरएनए र संघ सस्थाहरु बीच मतान्तर भए पछि गत सेक्टेम्बरमा युरोप संयोजक अर्जुन कुमार श्रेष्ठको उपस्थितिमा पनि सर्बपक्षीय छलफल भएको थियो ।