मेस्सी र स्वरेज गोल गर्न असफल


काठमाडौं /स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा गेटाफेले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो । लिओनल मेस्सी र लुइस स्वरेज ९० मिनेट नै खेले पनि गोल गर्न सकेनन् ।
५२ औं मिनेटमा मेस्सीको फ्रिकिक बारमा लागेको थियो । बल पोजिसन राम्रो बनाएको बार्सिलोनाले गेटाफेको पोष्टमा २३ पटक गोलको प्रयास गरेको थियो, जसमध्ये दुई प्रहार मात्र सही दिशामा थियो ।
बराबरीपछि बार्सिलोना लिग लिडर रियल मड्रिडभन्दा ४ अंकले पछि परेको छ । मड्रिडको १५ खेलबाट ३९ अंक छ भने बार्सिलोनाको ३५ अंक छ ।