पोखराको लेकसाइडका चारवटा पसलमा चोरी


सागर राज तिमिल्सिना
पोखरा, /पोखराको लेकसाइड स्थित डिहिकोपाटनमा गए राती चारवटा पसलमा चोरी भएको छ । तीनवटा किनारा पसल र एक मोवाइल पसलमा फाडेर करिब ५ लाख चोरी गरेको प्रहरीले जानकारी दिएको छ । डिहिकोपाटनमा रहेको के भदौरे कोल्डस्टोर, बाराही कोल्ड स्टोर, खहरे चोकमा रहेको किनारा पसल डिहिकोपाटनमा रहेको मोवाइल पसलमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । सवारी साधन उचाल्नमा प्रयोग हुने जगले सटर उचालेर पसलमा भएको सामान पैसा चोरी गरेको के भदौरे कोल्डस्टोरका सन्चलाक राजी पराजुलीले जानकारी दिए । उनले बैंक बन्द भएका कारण पैसा पसल कै घर्रामा राखेको बताउदै पैसा र केहि सामान चोरी भएको बताए ।

पसलमा करिब ५० हजार रुपैया रहेको र अन्य समान गरिब करिब ७० हजारको चोरी भएको बताए । उनले पसलमा भएको धेरै वियर र रक्सी चोरी भएको बताए । त्यसै गरि बाराही कोल्डस्टोरबाट करिब ३ लाखको चोरी  भएको प्रहरीले बताएको छ । खहरेको किनारा पसल र मोवाइ पसलबाट पनि पैसा र समान लगेका छन् ।