बेगनासतालमा स्ट्याण्ड अप प्याडल शुरु


लेखनाथको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेगनासतालमा पर्यटकीय गतिविधि बढाउन नयाँ क्रियाकलाप संचालनमा ल्याइएको छ । डि. एडभेन्चर प्रा.लि ले बेगनासतालमा स्ट्याण्ड अप प्याडल शुरु गरेको छ । साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न उक्त कम्पनीले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी यो गतिविधिलाई अघि वढाएको हो