बेगनासतालमा स्ट्याण्ड अप प्याडल शुरु (फोटो फिचर सहित)


लेखनाथ /
लेखनाथको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेगनासतालमा पर्यटकीय गतिविधि बढाउन नयाँ क्रियाकलाप संचालनमा ल्याइएको छ । डि. एडभेन्चर प्रा.लि ले बेगनासतालमा स्ट्याण्ड अप प्याडल शुरु गरेको छ । साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न उक्त कम्पनीले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी यो गतिविधिलाई अघि वढाएको हो ।

जिल्ला विकास समिति कास्कीसँग सानु लेक अन डि वाटरका नाउँमा परिक्षण संचालनको अनुमति लिई तालमा स्टयण्ड अप प्याडल संचालनमा आएका छन् । परम्परागत डुंगालाई असर नपर्ने गरी बेगनासतालमा बोटिङका लागि नयाँ प्रयोग गरिएको हो । विशेष गरी साहसिक पर्यटकलाई तालमा पौडी र वोटिङका लागि यो सुविधा उपलब्ध गराइने संचालक सुदेव गुरुङ्गले जानकारी दिए । उनले जिल्ला विकास समितिसँग चाडै नै इजाजत लिई सेवा विस्तार गरिने उल्लेख गरे । गुरुङ्गका अनुसार डि. एडभेन्चर प्रा.लि मार्फत साहसिक पर्यटनका अरु गतिविधि संचालन गर्ने उद्देश्य समेत राखिएको छ । संभावित ठाउँको अध्ययन गरी बन्जिजम्प, प्याराग्लाडिङ, वाटर साइकिलिङ, वाटर बल, ट्राभल एजेन्सी, ट्रेकिङ, राफ्टीङ लगायतका साहसिक गतिविधिहरु संचालन गर्ने गुरुङ्गले जानकारी दिए ।

Sanu-Lake-02-390x351

एघारौं लेखनाथ महोत्सवमा लेखनाथका व्यवसायीले राखेको पेभेलियनमा समेत स्ट्याण्ड अप प्याडलका बारेमा जानकारी दिइएको छ । महोत्सव स्थलबाट समेत बेगनासतालमा प्याडल संचालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटक मध्ये मुस्किलले १२ देखी १५ प्रतिशत पर्यटक लेखनाथ आउने गरेका छन् । पर्यटकको आगमन बृद्धि गर्नका लागि पनि बेगनास तथा रुपातालमा नयाँ पर्यटकिय गतिविधि संचालन गर्नु पर्नेमा समेत पर्यटन व्यवसायीहरुले जोड दिएका छन् ।

Sanu-Lake-03-390x351Sanu-Lake-04-390x351