फेसबुकबाट जिर्ण बन्दै गएको लक्ष्मी नारायण मन्दिरको उद्दार गरिदै


– बसन्त रानाभाट
बार्सिलोना/
प्राय: च्याट,फोटो अपलोड,लाईक र कमेन्ट गरेर समय बिताइने सामजिक संजाल फेसबुक मार्फत सामाजिक कामहरु पनि गर्न सकिन्छ भन्दै जिर्ण मन्दिरको पुननिर्माणको लागि रकम संकलन अभियान शुरु गरिएको छ। बागलुङ्को मल्ममा जिर्ण अबस्थामा रहेको लक्ष्मी नारायण मन्दिरको पुनर्निमार्ण गर्न रकम संकलन थालिएको हो। छिस दरबारमा आज भन्दा ३७ बर्ष पहिले मन्दिरको निर्माण भएको थियो।

जिर्ण मन्दिरको उद्दारको लागि गैर आबासीय नेपाली संघ युरोपका उप-संयोजक सोम सापकोटाले फेसबुक मार्फत पहल गर्दै रकम संकलन अभियान शुरु गरेका छन् । अभियानबाट नै अहिले सम्म रु ६ लाख रकम जुटीसकेको छ। आफुले अध्ययन गरेको विद्यालयमा इलाइव्रेरी संचालन गरेका सापकोटाले मन्दिर पुर्ननिर्माणको लागि पनि आर्थिक अभियान पनि शुरु  गरेका हुन् ।

बागलुङ् घर भई हाल डेनमार्कमा बसोबास गर्दै आएका सापकोटाले आफ्नो क्षेत्रबाट रोजगारको लागि विदेश पुगेका युवाहरुलाई फेसबुक मार्फत मन्दिर निर्माणका लागि सहयोग गर्न अनुरोध गरेका छन् । आफै गाउ जादा मन्दिर निकै जिर्ण देखे र मन्दिर ब्यबस्थापन समितीले पुन; निर्माणको लागि अनुरोध गरे पछि यो अभियान चलाएको हु सापकोटाले नेपाली नेपाली डटकमलाई भने,अभियान जारि रहेकोले सबैलाई सहयोग गर्न अपिल गर्दछु।”

पोर्चुगलमा जीवन सापकोटा,अमेरिकामा रामकृष्ण सापकोटा र अर्जुन सापकोटा,बेलायतमा रेशम बुढाथोकी, कृष्ण खरेल र विष्णु सापकोटा,क्यानाडामा मनिस खरेल र अस्ट्रेलियामा कमल सापकोटा,जापानमा बाबु सापकोटा, रामु के.सी, डिलाराम सापकोटा, योगेश सापकोटाले पनि मन्दिरको लागि सोहि अभियानमा रकम संकलन गर्दै सघाएका छन्।
यस्तै अभियान मार्फत यस अघि पनि सापकोटा कै पहलमा बागलुङ् काडेबासको जनजागृती उच्च माविका लागि २३ लाख र भरतपुर ६ लंकु चितवनको लक्ष्मी माविको लागि १७ लाख सहयोग संकलन गरेर ईलाइव्रेरी संचालन गरेका थिए।