“एक महिला एक युरोको” अभियान पोर्चुगलमा पनि,महिला फोरम गठन


– बसन्त रानाभाट
“एक महिला एक युरोको” अभियान चलाएको गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्ले पोर्चुगलमा पनि अभियानलाई निरन्तरता दिएको छ।
विष्णु लुईटेलको संयोजकत्वमा एनआरएन महिला फोरम गठन गर्दै अभियानलाई निरन्तरता दिएको हो।
परिषद्ले एक महिला एक यूरो” कार्यक्रम मार्फत विभिन्न देशहरुबाट संकलन भएको रकमले नेपालको दुर्गम ठाउँमा बसोवास गर्ने अधिकतम महिलाहरुको आङ खस्ने समस्या (रोग) को उपचार गरिएको र यसैलाई निरन्तरता दिने भन्दै अभियान लाई तिब्रता पारेको  हो। यसअघि बेल्जियम,स्पेन,फ्रान्स लगायत बिभिन्न मुलुकहरुमा पनि फोरम गठन गरि अभियानलाई जारि राख्दै आएको छ।

अन्तरास्ट्रिय परिषद् महिला उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा लिस्बोनमा सम्पन्न कार्यक्रममा महिला दिदिबहिनीहरु लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
एनआरएन पोर्चुगलका कार्यवाहक अध्यक्ष गोबिन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  आईसीसी सदस्य सूर्य हमाल, पूर्व आईसीसी सदस्य पूर्ण हमाल, मनु मल्ल,सीता बराल,भानु सापकोटा, सुशील शर्मा गैरे,नारायणदत्त आचार्य लगायतले बिभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्दै आफ्नो बिचार राखेका थिए।

यस अघि परिषद्ले गैरआवासीय नेपाली दिवसको अवसर पारेर सुदुर पश्चिमाञ्चलको धनगढीमा निशुल्क स्वास्थ्य शिविर गत नोभेम्बरमा सम्पन्न गरेको थियो। आङ तथा पाठेघर खस्ने समस्या भएका ‍१५३ जना महिलाहरुले शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए। ति मध्ये ३८ जना महिलाहरुको निशुल्क शल्यक्रिया गराएर स्वास्थ्य लाभ लिएका थिए।साथै शिबिरमा आङ खस्ने समस्या भएका महिलाहरुलाई निशुल्क औषधी वितरण गरिएको थियो । दुर्गम ठाउका महिलाहरुको स्वास्थ लाभलाई लक्षित गरि परिषद्ले थालेको “एक महिला एक युरोको” अभियानलाई प्रशंसनीय कार्यको रुपमा लिईएको छ।

धनगढीमा निशुल्क स्वास्थ्य शिविरमा सहभागी एक महिला dhangadi3_1415864223-2