बागलुङ्का सभासद खड्काको निधनले स्पेनबासी नेपाली स्तब्ध


बसन्त रानाभाट
बार्सिलोना/

सडक दुर्घटनामा निधन भएका सभासद हरि खड्काको निधनले बागलुङ् नै शोकमा डुबेको बेला स्पेनमा रहेका नेपालीहरु पनि खबरले स्तब्ध बनेका छन्।
बागलुङ् स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरु लगायत बिभिन्न संघ सस्थाहरुले पनि निधन प्रति दुख ब्यक्त गरेका हुन्।

गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एक राज गिरीले निधन प्रति गहिरो दुख ब्यक्त गरेका छन्। उहाको निधनले बागलुङ्लाई मात्र हैन राष्ट्रलाई नै ठुलो क्षति पुगेको छ अझ मलाई व्यक्तिगत रुपमा अत्यन्तै चोट पुर्याएको छ गिरीले भने “स्पेनमा दुताबास स्थापनाको पहलको लागि आउदो जनवरीमा सरकारलाई ज्ञापनपत्र बुझाउने हाम्रो पुर्ब निर्धारित कार्यक्रममा पनि उहाले सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो।”
नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिक राम डुम्रेले एक बिज्ञप्ति प्रकाशित गरि सभासद खड्काको निधनले समितिलाई स्तब्ध र मर्माहित तुल्याएको बताएका छन्। डुम्रेले निधनबाट बागलुङ्वासी जनताले मात्रै नभए सिड्गो नेपाली कांग्रेसले ठुलो क्षति बेहोर्दै एक राजनीतिक योद्धा गुमाउनु परेको जनाएका छन्।

बागलुङ्को गल्कोट घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुको सस्था गल्कोट समाज स्पेनले पनि निधन प्रति दुख ब्यक्त गरेको छ। समाजका संरक्षक पुष्प भण्डारीले एक बफदार र ईमान्दार नेता गुमाउनु परेकोमा स्वदेश तथा बिदेशमा रहेका गल्कोट बासि स्तब्ध भएको बताए।उनले दिवंगत आत्माको चिरशान्तिको कामाना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

निधनले स्पेनमा बसोबास गर्ने सर्बसाधारणहरुलाई पनि दुखी तुल्याएको छ। रामरेखा गाउ बिकास समिति बडा नम्बर १,बागलुङ् स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएकी शोभा शर्माले घटना बारे अझै पनि आफु बिश्वस्थ हुन नसकेको बताईन्। मलाई अझै पनि पत्यार लागेको छैन उहा जस्तो फुर्तिलो र माया गर्ने मान्छे साहेदै संसारमा कम नै होला उनले बिगतलाई सम्झिन् । बागलुङ क्षेत्र नम्बर २ का सभासद प्रकाश शर्मा पौडेल कि छोरी समेत रहेकी शर्माले भनिन् “आफ्नो बाबा जस्तै लाग्ने उहालाई गुमाउदा सारै मर्माहद बनाएको छ।”

सभासद् खड्काको उपचारको क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा आइतबार साँझ निधन भएको हो। बागलुङको पयुँटारमा मंसिर १७ गते प्रधानमन्त्री सुशील कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जानेक्रममा ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुदा उनि गंभिर घाइते बनेका थिए। बि.स. २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।