ट्राफिक सचेतना सहितको डि-मर्चा लाईभ कन्सर्टले पोखरा ततायो


दिननाथ बराल
पोखरा /

पोखराको चिसो मौसममा डि–मर्चा व्याण्डले शुक्रबार पोखरा ततायो । ट्राफिक जनचेतना सहित “पोखरा ट्रेडमल डि मर्चा लाईभ कन्सर्ट आफ्नै आगनमा” को सांगितीक प्रस्तुतीले सुक्रबार पोखराको चिसो मौसमलाई तताएको हो ।

“ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं, ट्राफिक प्रहरीले सिटि बजाउदा सवारी साधन रोकौं ” ….भन्ने गितबाट प्रस्तुती सुरु गरेका डि–मर्चा व्याण्डका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठले करीब डेढ दर्जन पप गितहरु प्रस्तुतः गरेका थिए । उनले विर नेपाली…., झ्याम्मै चौतारी…, कैलाससम्म…., झम्म–झ्याम्म…, तारा खसौली…, त्यो डल्लीले…., झिल्के ठिटो…. लगायतका गिता प्रस्तुत गर्दा चिप्लेढुंगा क्षेत्रको सडकभरी सहभागि भएका दर्शकहरुले गायक श्रेष्ठको समुहलाई साथ दिएका थिए ।

पोखराको चिप्लेढुंगा , मानवअधिकार चोक क्षेत्रको सडकमा सुक्रवार साँझ संगितमय हुदा हजारौ दर्शकहरुले साथ दिएका थिए । कोहि गायक श्रेष्ठसंगै स्वरमा स्वर मिलाउदै थिए भने कोहि सडकमै नाच्न व्यस्त रहेका थिए । कार्यक्रममा सहभागि मध्यका एक युवा विजय शर्माले डि–मर्चाले ट्राफिक सचेतना सहितको यस्तो कार्यक्रम आयोजना गरेकोले यस्तो कार्यक्रमले सवारी दुर्घटना सम्बन्धि जनचेतना हुने बताउदै निरन्तरताको कामना गरे । ‘डि मर्चा’को लाईभ कन्सर्टमा लक्ष्य समूहको फिचरिङ रहेको थियो ।

Dmorcha-2-390x351

प्रबेश निशुल्कः रहेको कार्यक्रम अपरान्ह ५ बजेदेखि करीब ३ घण्टा संचालन भएको कार्यक्रम संयोजक सन्देश श्रेष्ठले बताए । चहलपहल मेलवर्नको अगुवाईमा ट्राफिक जनचेतना जगाउने उद्धेश्यले सांगितीक कार्यक्रम मार्फत युवा जमातलाई भेला गरी उनीहरुलाई ट्राफिक जनचेतना जगाउने लक्ष्य अनुरुप सो कार्यक्रम आयोजना गरीएको श्रेष्ठले बताए । ट्राफिक जनचेतनामूलक गीतबाट शुरु भएको कन्सर्ट सोही गीतबाटै समापन गरीएको उनले बताए ।

कार्यक्रममा लिटिल लनर्स मल्टेश्वरीका वालवालीकाले ट्राफिक सचेतनामूलक प्रस्तुती समेत राखेका थिए भने पोखरा १३ भद्रकालि स्थित बालगोपाल भजन कृतन समिति गौडाको मुखबाट लाखे नृत्य समेत प्रस्तुतः भएको थियो । कार्यक्रमको मूख्य प्रायोजन ‘पोखरा टे«डमल’ चिप्लेढुङ्गाले गरेको छ । कार्यक्रममा गन्थन डटकम, ठिकठाक डटकम र नेपाली नेपाली डटकम अनलाईन पार्टनर रहेका छन् । कन्सर्ट कार्यक्रम पश्चात स्कुल स्कुलमा जेब्रा क्रसिङ जनचेतना अभियान सञ्चालन गरिने भएको संयोजक श्रेष्ठले बताए । जिल्ला ट्राफिक कार्यालय कास्कीबाट ट्राफिक सचेतना सम्बन्धि भिडियो समेत प्रस्तुतः गरीएको थियो । यस्ता कार्यक्रमले थोरै भए पनि सवारी दुर्घटनामा न्युनिकरण गर्न सकिने भएको नागरीक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए ।

Dmorcha-03-390x351

सवै पोखरेलीहरुको साथ र सहयोगले आफुहरुले यस्तो कार्यक्रम भब्य रुपमा सम्पन्न गराउन सफल भएको गायक श्रेष्ठले बताए । उनले सो कार्यक्रम सम्पन्न गराउन सहयोग पुराउने सम्पूर्णमा हार्दिक आभार समेत व्यक्त गरेका छन । उनले समाजीक तथा सन्देश मुलक एल्वमहरु ल्याउने तयारी गरेको समेत बताए । दर्शकहरुको उल्लेखनिय रुपमा सहभागिता भएका कारण सुरक्षाकर्मीलाई कार्यक्रम व्यबस्थीत पार्न हम्मे हम्मे परेको थियो ।

यस अघि सो कार्यक्रमको औपचारीक उद्घाटन क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले ट्राफिक गित कम्पुटबाट क्लीक गरी गरे । कार्यक्रममा बोल्दै उनले यस्ता कार्यक्रममाले ट्राफिक सम्बन्धि नियम नबुझेकालाई बुझाउन, बुझेकालाई सजग गराउन र जनतामा जागरण ल्याउन पनि मद्धत पुग्ने विश्वास व्यक्त गरे । जनतामा सचेतना सहितको शान्ति सुरक्षा कायम गर्न आयोजान हुने कुनै पनि कार्यक्रमलाई प्रशासनले सहयोग पुराउने समेत वचन दिए । सानो लापरवाहीले गर्दा धेरैको ज्यान जोखिममा पर्ने हुदा चालकहरु बढी सर्तक हुनुपर्ने क्षेत्रिय प्रशासक थपलियाले जोड गरे । पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा पोखरा ट्रेड मलका प्रबन्ध निर्देशक मिनराज काफ्लेले जनतामा सचेत गराउने कार्यक्रमलाई सफल पार्न सवैले सहयोग गर्नुपर्ने बताउदै ट्राफिक नियम पालना गरे सवैको सफल यात्रा हुने दाबी गरे । कार्यक्रम संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन संचारकर्मी कविता श्रेष्ठले गरेकी थिईन ।