एनआरएनएन स्पेनले बैठकमा गरेका निर्णयहरु


 

गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको यही ३० नोवेम्बर २०१४ मा परिषदका अध्यक्ष श्री एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले स्पेनको zaragosa स्थीत जेलमा रहेका एक नेपालीको स्थिती बुझी आबश्यक कानुनी लगायत अन्य सक्दो सहयोग गर्ने निर्णय गरेको छ भने यही नोवेम्बर ८ तारिकमा नेपाली राजादुताबास पेरिसका का बा राजादुत श्री रामबाबु ढकालको उपस्थितिमा एन आर एन ए स्पेनको सकृयतामा स्पेनबासी नेपालीहरुको MRP राहादानी आबेदन सन्कलन अभियान सफलताका साथ सम्प्पन्न गरेकोमा सो कार्यमा सहयोग गर्नुहुने स्पेनस्थित बिभिन्न संघ संस्था सम्बद्ध महनुभाबहरु , कार्यसमीतिका पदाधिकारी , सदस्य एबम सल्लहाकारहरु , आइसीसी सदस्य , कार्यबाहक राजादुत एबम नेपाली कन्सुलर लुइस बेल्विच देल रिओ लगायत सबैलाई धन्यवाद प्रस्थाब पारीत गरेको छ। साथै यही नोवेम्बर १९ , २० र २१ मा एन आर एन ए स्पेन र EICA BARCELONA को संयुक्त आयोजनामा स्पेनिस माझ नेपाली कला सस्कृतिको परिचय गराउने उद्देस्यले सम्पन्न बिबिध कार्यहरु सफलताका साथ सम्पन्न भएको र यसबाट नेपाली कला सस्कृतिको प्रबर्धनमा सघाउ पुगेको ठहर गर्दै उक्त कार्यक्रममा सहयोग गर्नुहुने ब्यक्ती एबम संघसंस्थाहरु बिशेष गरी अन्तररास्ट्रीय नेपाली कलाकार मन्च स्पेन र सो सम्बद्ध ब्यक्तिहरु अजय लोप्चन , डिक कार्की , बिनोद कटुवाल , नानी नुरिया , करुणा लामिछने ,कबीता लामिछाने , खाना तर्फ नारायणी तिमील्सिना , शीतल भुशाल भुर्तेल , निलु अवाले श्रेष्ठ , नुतन सेढाईं , चन्दा ढकाल एबम कार्यक्रमा ब्यबस्थापना मा सहयोग गर्नुहुने नेपाली कन्सुलर लुइस बेल्विच देल रिओ, एन आर एन ए आइ सी सी सदस्य दीपक खरेल , एन आर एन ए स्पेन अध्यक्ष एकराज गीरी , एन आर एन ए स्पेन प्रबक्ता सन्तोष श्रेष्ठ लगायत सहयोगि सबैलाई धन्यवाद प्रस्थाब पारीत गरेको छ ।

यसैगरी एनआरएनए स्पेनले स्पेनवासी नेपाली हरुको तर्फबाट स्पेनमा नेपाली राजादुताबास स्थापना गर्नको लागि नेपाल सरकार समक्ष् पहल स्वरुप यथाशीघ्र छिटो एन आर एन ए स्पेनको नेतृत्वमा स्पेनस्थीत सम्पूर्ण संघ संस्थाहरु सम्मीलित एक प्रतीनीधी मन्डल नेपाल जाने र सो को लागि नेपाल सरकारलाई दवाब स्वरुप स्पेनवासी नेपालीहरुको हस्ताक्षर संकलन अभियान संचालन गरी सरकारलाई बुझाउने समेत निर्णय गरिएको छ भने एनआरएनए आइसीसी सल्लाहाकार श्री पुष्पराज तिमिल्सिना द्वारा हालै नेपाल बसाइको क्रममा नेपालका बिभिन्न सरकारी निकायमा गरेको पहलको जानकारी लिदै बैठकमा उहाले गरेका पहल कदमको प्रशाम्शा गरिएको थियो ।

सन्दिप मोहन भट्टराई
महासचिब
एन आर एन ए स्पेन

नोट- युरोपियन क्षेत्रीय बैठक तथा महिला सम्मेलनको बिषयमा उठेका बिषयबारे संघले गरेको निर्णयका आधारमा यस अघि समाचार प्रकाशन गरिसकिएको छ।

पढ्नलाई यहा क्लिक गर्नुहोस्  http://nepalinepali.com/?p=7967