सरकार विरुद्ध पेरिसमा किसानको भेँडा आन्दोलन


पेरिस/
फ्रान्सको चर्चित इफेल टावर अगाडि किसानहरुको ठूलो संख्यामा आफ्ना भेडा जम्मा पारेर आन्दोलन गरेका छन् । सरकारी संरक्षणका कारण ब्वाँसोको संख्यामा वृद्धि भएको र ब्वाँसोले आफ्ना वस्तुभाउ खाइदिएर सखाप बनाएको भन्दै किसानहरु ब्वाँसो बचाउने सरकारको विरुद्धमा भेडा जम्मा गरी आन्दोलनमा उत्रिएका हुन् ।
‘आजका किसान, भोलिका बेरोजगार’ लेखिएको व्यानर समेत लिएर किसानहरु इफेल टावर अगाडि जम्मा भए । सरकारले ब्वाँसोको आक्रमणबाट आफ्ना वस्तुभाउलाई जोगाउनका लागि प्रभावकारी योजना ल्याउनुपर्ने उनीहरुको माग थियो । एकजना किसान त ब्वाँसोजस्तै भए त्यहाँ उपस्थित थिए ।

अचम्मको कुरा त के भने, किसानहरु ब्वाँसोको विरुद्धमा आन्दोलनमा उत्रिएको बेला इफेल टावरकै अर्कोपट्टी जनावर अधिकारकर्मीहरु भने ब्वाँसोको संरक्षण गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए ।
यसअघि सिकार गरिने ब्वाँसो सन् १९३० ताका फ्रान्समा झण्डै लोप हुने स्थितिमा पुगेको थियो । तर पछिल्लो समयमा सरकारले ब्वाँसोलाई संरक्षित वन्यजन्तुको सूचिमा राखेर सिकारमा प्रतिबन्ध लगाएपछि यसको संख्या ह्वात्तै बढेको छ ।
प|mान्समा किसानले पालेका ५ हजार जति भेँडा एक वर्षमा ब्वाँसोले मारेर खाइदिने गरेको छ ।