एनआरएनए स्पेनका उपाध्यक्ष पोख्रेल माथिको कारबाही फुकुवा,अनियमितता भएको छैन – अनुशासन समिति


बसन्त रानाभाट
बार्सिलोना
गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेल माथि लगाईएका सम्पूर्ण कारबाही फुकुवा गरिएको छ । छानबिनका लागि गठित अनुशासन समितिले कुनै पनि किसिमको अनियमितता नगरेको ठहर गर्दै प्रतिबेदन पेश गरे पछि संघले पोख्रेलको कारबाही फुकुवा गरेको हो । अर्को निर्णय नआए सम्ममा लागि भन्दै यसअघि गत सेक्टेम्बरबाट पोख्रेललाई उपाध्यक्षको जिम्मेबारीबाट निष्कृय राखिएको थियो ।

बार्सिलोनामा गत जुनमा सम्पन्न युरोपियन क्षेत्रीय बैठक तथा महिला सम्मेलन चलिरहेको बेला पोख्रेलका सहोदर भाई स्पेन आए पछि शंका उत्पन्न भएको थियो । उपाध्यक्ष पोख्रेलले निजि भ्रमणमा दुबईमा कार्यरत आफनो भाई स्पेन आएर फर्किसकेको बताए पनि स्पेन स्थित संघसस्थाहरुले उनको भ्रमण बारे आशंका पैदा गरेका थिए ।
मागेका कागतपत्र पाप्त भयो उनले संघबाट कुनै दुरूपयोग गरिएको देखिएन अनुशासन समितिका सदस्य दिनेश गुरुङले नेपाली नेपाली डटकमलाई भने,”अब अनुसन्धानको प्रक्रिया टुंगियो कुनै अनियमितता देखिएन,बरु कागतपत्र जुटाउन ढिला गर्नाले सबैलाई हैरानी भयो ।” आफुले समयमा नै समितिले मागेका सम्पूर्ण कागतपत्र जुटाउन नसकेकोमा बैठकमा नै पोख्रेलले माफी मागेको समेत गुरुङले जानकारी दिए। अनुशासन समितिमा अर्का उपाध्यक्ष अर्जुन आचार्य संयोजक भए पनि कार्यब्यस्थताले भन्दै बैठकमा भने उपस्थित भएनन् ।

तत्कालिन समयमा गठित सात संघसस्थाहरुको संजाल अन्तर समन्वय संगठन समितिको संयोजक बन्दै छानबिनको माग गरेका चिन्तामणी सापकोटाले बुझाइएका कागत पत्र किर्ते भए ,नभएको कुनै आधार नभई निर्णय गर्नु गलत भएको बताएका छन् । जनसम्पर्क समिति स्पेनका निबर्तमान अध्यक्ष समेत रहेका सापकोटाले भने “आफुलाई बैठकको बारे कुनै जानकारी भएन,हाम्रो माग एउटा बुदामा मात्र थिएन,१२- १५ बुदामा लिखित रुपमा पेश गरेका थियौ तर वास्ता भएन।” उनले निर्णयबाट टुंगाउन खोजे पनि सत्यता बारे स्पेनबासि नेपाली समुदायमा अझै अन्यौलता कायम रहेको जिकिर गरे।

जति छिटो रुपमा टुंगाउनु पर्थ्यो त्यो रुपमा जान सकिएन होला बैठकमा बोल्दै संघका अध्यक्ष एक राज गिरीले भने,” साहेद अनुभबले पनि होला,सस्थागत रुपमा लाग्दै गर्दा,कहिले काही केहि कुराहरुलाई सिरियसली लिईएन होला र तिनै कुराहरुले सस्थालाई कहिँ असर गर्यो भने साथीहरुसँग एक्सुज माग्न चाहन्छु।” संघ -सस्थाहरुले उठाएका कुराहरु ठिक थिए र समयमा डकुमेन्ट उपलब्ध गराउन नसकेको भनी पोख्रेलले माफी सके पछि अनुशासन समितिले तयार गरेको प्रतिबेदन पारित गर्नु पर्ने बिचार गिरीले बैठकमा राखेका थिए।

यता आर्थिक पारदर्शिता भए,नभएको बारे छानबिनका लागि गठित समितिका संयोजक गोपाल रेग्मीले डिसेम्बर १४ सम्ममा प्रतिबेदन तयार भईसक्ने बताएका छन्। बिभिन्न शिर्षकमा भएका खर्चहरुको बिल भर पाईको रुजु गर्नुका साथै सोधपुछ चलिरहेको रेग्मीले बताए।

बैठकमा उपस्थित आईसीसी सल्लाहकार पुष्पराज तिमील्सिना,आईसीसी सदस्य दिपक खरेल,नेपाली जन सम्पर्क समीती स्पेनका अध्यक्ष शालिकराम डुम्रे, प्रवाशी नेपाली मन्चका अध्यक्ष मुक्त बहादुर गुरुङ, नेपाली जनप्रगतीशील मन्च (ए माओबादी) अध्यक्ष महेश्वर कंडेल, नेपाली जनप्रगतीशील मन्च(ड्यास माओबादी) अध्यक्ष ईश्वर शर्मा ,तमु समाज स्पेनकि अध्यक्ष ज्योति गुरुङ, संघका सल्लाहाकार बिष्णु रिजाल लगायत कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुले अनुशासन समितिको प्रतिबेदन बारे बोलेका थिए।
युरोपियन क्षेत्रीय बैठकको बिषयलाई लिएर स्पेनमा एनआरएनए र संघ सस्थाहरु बीच मतान्तर भए पछि युरोप संयोजक अर्जुन कुमार श्रेष्ठको उपस्थितिमा गत सेक्टेम्बरमा पनि सर्ब पक्षीय छलफल भएको थियो।

एनआरएनएन स्पेन र संघ सस्थाहरुको बिबादले समुदायमा बितृष्णा

युरोपियन क्षेत्रीय बैठक तथा महिला सम्मेलनको पारदर्शिताको बिषयलाई लिएर स्पेन स्थित संघ सस्थाहरु र एनआरएनए स्पेन बीच केहि समय बिबाद चर्कदा स्पेनबासी नेपाली समुदायमा बितृष्णा पैदा भएको थियो। नेपालमा पनि नेताहरु झगडा नै गर्ने बिदेशमा आए पनि त्यसको सिको गर्न नेपालीहरु पछि परेनन् भन्ने भाव सर्ब- साधारणको रहेको पाईन्थ्यो ।
बसेर छलफल गरि समस्या समाधान गर्न सकिने बिषयहरुमा बिबेक नपुर्याउदा कार्यक्रम बहिष्कार सम्मको अबस्थामा पुगे। अझ सामाजिक संजालबाट नै नेतृत्व कर्ताले बहिस्कार हो र हैन भन्दै दोहोरी खेल्दा कतिपय अबस्था हास्यास्पद जस्तै पनि देखिन्थ्यो भने संगठनहरु पनि बहिष्कारको बिषयलाई लिएर आफ्नै दुई चिरामा बाडीए। जसले झन् आ -आफ्नै संघ -सस्थाहरुलाई कमजोर बनायो । अन्तत छलफलबाट नै समस्या समाधानको रोजेका उनीहरुको प्रयासले सहमतिको गति लियो र निकास लियो। तर बिबादले समाजमा छाएको बितृष्णाको जिम्मेबारी कसले लिने ? आउदा दिनमा यहाबाट केहि पाठ सिक्ने कि ? नसिक्ने ? प्रश्न स्पेनबासि नेपाली समुदायले राखेको पाईन्छ ।