देख्ने सुन्ने दंग यहॉ


-सन्तोष श्रेष्ठ
एन आर एन एन स्पेन , प्रबक्ता

आफै आैला ठडाउछन् यहॉ
भाले भाले लडाउछन् यहॉ ।
पुजारी यहा मन्त्र जप्दै
मुख्य पुजा भडाउँछन् यहॉ ।।

साभार कस्तो चरीत्र पनि
भडभडाइदै बढाउछन यहॉ ।
चुक्नु सम्म चुके पछी
दोस्ती हात बढाउछन् यहॉ ।।

बाजा गाजा जन्ती बटुल्दै
मोर्चा कसी धोती खसाल्दै ।
आधार आखिर मिल्ने भनि
अमुल्य समय सडाउछन यहॉ ।।

भोको तिम्रो नाडंगो चरित्र
सुधार तिमी आफै भित्र ।
दुईटा ताली बज्दा भित्र
सय औला ठडाउछन् यहॉ ।।

राम्रा कुराको परीचर्चा छैन
उल्फत कुरामा लुछाचुडी यहा ।
ठोक्ने ,बोक्ने ,खोक्ने सबै
दम्भ चरित्र उदांग यहॉ !!

बुद्धत्व पनि भगं यहॉ !!!
देख्ने सुन्ने दंग यहॉ !!!!

तपाईको प्रतिक्रिया