बाग्लुङबाट पोखरा आउदै गरेको बस र ट्रक्यटर हेम्जामा ठोकिदा एकको मृत्यु


सागर राज तिमिल्सिना

पोखरा /बाग्लुङबाट पोखरा आउदै गरेको बस र ट्रक्यटर हेम्जाको सुइखेतमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ना४ख १६२ नम्बरको बस र ग१त ९२० नम्बरको ट्रक्यटर ठोकिदा ट्रक्यटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको लाचोक घर भएका ३० वर्षिय जिवन गुरुङ रहेको कास्की प्रहरीले जानकरी दिएको छ । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनामा परि घाइते भएका मन प्रसाद रोका उपचार भैरहेको छ ।