स्पेन सन्देशको सातौ अङ्क बिमोचन


बसन्त रानाभाट
बार्सिलोना

प्रबाशी नेपाली मञ्च स्पेनले आफ्नो मुख पत्रको रुपमा प्रकाशन गर्दै आएको स्पेन सन्देशलाई एक कार्यक्रम बीच बिमोचन गरेको छ। स्पेनबाट हरेक बर्ष प्रकाशित गर्दै आएको मञ्चले यस पटक गरि सातौ पटक प्रकाशित गरेको हो ।
गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्का सल्लाहकार तथा मञ्चका सस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको बिमोचन कार्यक्रममा स्पेन स्थित बिभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले सामुहिक रुपमा बिमोचन गरेको थिए।
महासचिब दिनेश गुरुङको संयोजनमा प्रकाशित मुख पत्रमा नेकपा एमालेमा केन्द्रिय नेताहरु,मञ्चका पदाधिकारी,लगायत सर्ब-साधारणहरुको लेख रचना तथा बिचारहरु समाबेश गरिएको छ। बिमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी अंकहरु प्रकाशित गर्दा स्पेनका सम्पूर्ण गतिबिधिहरुलाई समाबेश गरेर प्रकाशित गर्न सकेमा अझ लोकप्रिय बन्न सक्ने सुझाब दिएका छन्।

1604976_379416928900549_3849588993710243634_n
कार्यक्रममा आईसीसी सदस्य दिपक खरेल, एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी,तमु समाजका अध्यक्ष ज्योती गुरुङ,गल्कोट समाजका संरक्षक पुष्प राज भण्डारी ,नेपाली जनसम्पर्क समितिका प्रतिनिधि सन्तोष श्रेष्ठ,एनआरएनए स्पेनका कोषाध्यक्ष हेमन्त रानाभाट,युवा संयोजक लक्ष्मण शर्मा, महिला फोरम संयोजक शितल भुर्तेल भुसाल,अन्तरास्ट्रिय कलाकार समाज स्पेनका उपाध्यक्ष पुरुषोत्तम भट्टराई,पत्रकार भोला लामिछाने,मञ्चका सदस्य दिनेश राज रेग्मी लगायतले बोलेका थिए।
मञ्चका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा बार्सिलोनामा सम्पन्न कार्यक्रमको संचालन महासचिब दिनेश गुरुङले गरेका थिए। जनवरी ४ मा आयोजना गर्न लागेको तेस्रो अधिबेशनको चहलपहल बढिरहेका बेला मञ्चले मुखपत्रको बिमोचन गरेको हो।

तस्बिर- लक्ष्मण शर्मा/सन्तोष श्रेष्ठ

10422183_379416998900542_3788869714415041442_n10407779_379417252233850_6298160046589045132_n1940022_379417298900512_6546378279579959144_n10250236_379417468900495_856931253018528471_n