विप्लव पक्षको नेकपा-माओवादी गठन, १५ गते घोषणा गर्ने


 

काठमाडौँ/ गत मङ्सिर ८ गते नेकपा–माओवादीबाट अलग्गिएको घोषणा गरेका सचिव नेत्रविक्रम चन्द पक्षका केन्द्रीयस्तरका नेताहरुको बैठकले  नेकपा माओवादी नामको पार्टी खोल्ने निर्णय गरेको छ ।

तीन दिनयता चितवनमा जारी बैठकपछि  उक्त निर्णय गरिएको हो । नेता खड्गबहादुर विश्वकर्माले पार्टी गठनबारे विस्तृत जानकारी यही मङ्सिर १५ गते काठमाडौँको राष्ट्रिय नाचघरमा अपराह्न १ बजे पत्रकार सम्मेलन गरेर दिइने बताउनुभयो।

चितवनको एक गाउमा गोप्यरुपमा बसेका नेताहरु नया पार्टीको संरचना छिट्टै घोशणा गर्ने निर्णय सहित उठेका छन् । विप्लवले नेतृत्व गर्ने पार्टीको नाम जनयुद्धकालमा रहेको नेकपा (माओवादी) नै राख्ने निर्णय बैठकले गरेको हो।

नेता विकका अनुसार पुसभित्रै राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत भएको छ । सम्मेलनका लागि विप्लवको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । बैठकमा नेकपा–माओवादीको केन्द्रीय समितिमा रहेका ६५ भन्दा बढी नेताहरु सहभागी भएको उनको दाबी छ।