पोखरामा जारी ब्यापारमेलामा शनिबारसम्म १७ करोड कारोबार २ लाख ७६ हजार दर्शक पुगे


 

पोखरा/मान्छे, मान्छे अनि मान्छे । सबै वर्ग , वर्ण र उमेरका । कोही खाँदै, कोही बदाम छोडाउँदै । गीत सुन्ने र कम्मर मर्काउने अनि सामान किन्ने त कति हुन् कति ? पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेला अन्तर्गत शनिबार मेलास्थलमा देखिएको दृष्य हो यो । हो, मेलाको उत्तरार्ध हुँदै गर्दा शनिबार मेलास्थलमा भीड थामिनसक्नु बन्यो । आयोजकहरु हौसिए ।

सुरक्षामा चनाखो बने अनि अवलोकनर्ताको सहजताको लागि बाटैमा टिकट पाउने ब्यवस्था पनि मिलाए । ‘यो पोखरेलीले हामीप्रति देखाउनु भएको माया हो,’ संघका महासचिव तथा मेलाका प्रचारप्रसार संयोजक रविन्द्रबहादुर प्रजुले भने,‘ यो उपस्थितिले हामीलाई उत्साही बनाएको छ ।’ उनले शनिबार मात्र झण्डै ५३हजारले मेला अवलोकन गरेको र २ करोड जतिको कारोवार भएको आँकडा देखाए । आयोजकको दावी अनुसार शनिबारसम्म मेला स्थलबाट भएको कारोवारले १७ करोड छुनै आँटेको छ भने अवलोकनकर्ता २ लाख ७६ हजार पुगेका छन् ।

woman3