मिस तमुस्योको उपाधि लम्जुङ्गकी सन्ध्यालाई


पोखरा/

पोखरामा  भएको मिस तमुस्योको उपाधी लम्जुङ्गकी सन्ध्या तमुस्योले जितेकी छन् । दोलखाकी अनिता तमुस्यो दोस्रो भइन् भने पोखराकी कला तमुस्योले तेस्रो स्थान हासील गरीन् ।

उपाधी विजेता सन्ध्याले ५० हजार रुपैया र एक हप्ताको हङकङ यात्रा पुरस्कार पाएकी छन् । त्यसैगरि दोस्रो र तेस्रो हुने ३५ हजार र २५ हजारका साथै अन्य पुरस्कार प्राप्त गरेका छन् ।