कास्कीको शैक्षिक हड्ताल फिर्ता


पोखरा/

कास्कीमा क्रियाशील विद्यार्थी संगठनहरुले सहकर्मि गिरफ्तारीको विरोध, अवैध शैक्षिक संस्था खारेजी र विद्यार्थी माथी लगाएका झुट्टा आरोप फिर्ताको माग गर्दै गरेको शैक्षिक हड्ताल फिर्ता लिएका छन् । राजनैतिक दलका नेता, कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र विद्यार्थी नेता विच भएको छलफल पछि शैक्षिक हड्ताल स्थगन गर्ने सहमति भएको हो ।

पक्राउ परेका विद्यार्थी नेता नेत्र चापागाइँलाई रिहाइ गर्ने, अवैध शैक्षिक संस्था भए खारेजी गर्ने लगाएतका सहमति पछि शैक्षिक हड्ताल फिर्ता लिएको एक विद्यार्थी नेता अर्जुन अधिकारीले जानकारी दिए । उनले आज नै शिक्षा परिसदको बैठक, राजनैतिक पार्टीहरु सगँको छलफल पनि विद्यार्थीहरु सगँको छलफल भएको बताए ।

विद्यार्र्थी संगठनहरुले गरेको शैक्षिक हड्तालका कारण आज पोखराका सवै विद्यालय ठप्प भएका थिए । विद्यार्थीहरु विद्यालय पुगेपनि विद्यार्थी संगठनहरुले पठनपाठन गर्न नदिएपछि फर्किएका थिए । विद्यार्थी संगठनले अवैध रुपमा सञ्चालन गरिएका नीजि विद्यालय, होस्टल, इन्स्टिच्युट, मन्टेश्वरी लगायतका संस्थाहरु खारेजीको माग गर्दै जिल्ला शिक्षा कार्यालयमा तीन महिना अघि ज्ञापनपत्र पेश गरेका थिए । केहिदिन पहिले देखि जिल्ला शिक्षा कार्यालयले पोखरामा विद्यालय अनुगमन थालेका थियो ।