गढीमाईमा ५ हजार बढी राँगाको बली


काठमाडौं / बाराको बरियारपुरस्थित विश्व प्रशिद्ध गढीमाई मेलाको मुख्य आकर्षण मानिने पशुबली शुक्रबारबाट शुरु भएको छ । शुक्रबार ५ हजार बढी राँगा बली दिइएको छ ।

यसवर्ष गढीमाईमा दर्शनार्थी बढेका छन् भने बली दिने राँगाको संख्या घटेको छ । मङ्सिर शुक्ल पक्ष बिहानदेखि माईको पूजा अर्चना गरी करिब १० बजेदेखि पशुबली दिने कार्य सुरु भएको हो । प्रत्येक पाँच वर्षमा हुने गढीमाई मेलामा विश्वमै सबैभन्दा बढि पशुपन्छीको बली दिइन्छ ।

गढीमाई मन्दिरदेखि करिब सय मिटर पूर्वमा रहेको ब्रहृमस्थानमा माई आउने धार्मिक विश्वासका साथ ब्रह्मस्थलमा पूजारी, झाँक्रीले पञ्चबलीसहित माईको पूजाअर्चना गरी खिर भोजन गराउने प्रचलन छ ।
चौधरी झाँक्रीले आफ्नो शरीरको पाँच ठाउँबाट थोपा रगत माईलाई चढाएपछि सर्वसाधारणले पाँच बलिदिने कार्य सुरु भएको छ ।

गढीमाई मेला भर्न भारत र नेपालका हजारौं श्रद्धालुहरु अहिले बारामा छन् । दर्शनार्थीहरुको संख्या दुई लाख भन्दा बढि भए पनि यसपालि बली दिने राँगाको संख्या भने घटेको छ । भारतीय सीमा क्षेत्रमा कडाइ गरिएपछि गढीमाईमा बली चढाउने पशुको संख्यामा कमी आएको हो ।
भारतीय सीमा क्षेत्रमा कडाइ गरिएपछि गढीमाईमा बली चढाउने पशुको संख्यामा कमी आएको हो । अघिल्लो गढीमाई मेलामा करीव १५ हजार राँगा बली दिइएकोमा यसपटक आधा घट्ने संकेत देखिएको मेला आयोजकले बताएका छन् ।

यसपटक करीव छ/सात हजार राँगाहरुमात्र बली दिनका लागि गढिमाई मन्दिर परिसरमा लगिएका छन् । भारतबाट आउने राँगाहरुको संख्या निकै कम भएकाले यस्तो भएको हो ।भारतको उच्च न्यायालयले गढिमाईमा बली दिन लगिने पशुलाई रोक्न निर्देशन दिएपछि भारततर्फबाट राँगा निकै कम आएको स्रोतले जनाएको छ ।
पशुबली विरुद्ध विश्वभर अभियान चलेकाले त्यसले पनि केही न केही असर गरेको स्थानीयको भनाइ छ ।-onlinekhabar

तपाईको प्रतिक्रिया