पोखरामा अन्तर्राष्ट्रिय स्वयमसेवक दिवस (IVD 2014) मनाइयो


पोखरा/

संयुक्त राष्ट्रसंघ स्वयमसेवा कार्यक्रम (United Nations Volunteers) नेपाल, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) पोखराद्वारा पोखरा विश्वविद्यालय ढुंगेपाटन लेखनाथमा “असल समुदायकालागि स्वयमसेवामा युवा” (Young adults in volunteering for better community) नामक कार्यक्रमको आयोजना गरियो| उक्त कार्यक्रमको सभापतित्व UN स्वयमसेवक सुचना तथा सन्चार विज्ञ श्रीएकेन्द्र लम्सालले गर्नु भएको थियो भने कास्की, स्याङ्गजा, तनहु, पर्वत तथा बाग्लुङका जि.वि.स र नगरपालिकामा कार्यरत ICT Volunteer ले सहयोग गर्नुभएको थियो|

१०० जनाको हाराहारीमा उपस्थित उक्त कार्यक्रममा स्वयमसेवकका नियुक्ति, कार्यसम्पादन खाका, नगरवासीमा भैरहेका र तिनका समाधान प्रक्रिया सम्बन्धिछलफल भएको थियो| पोखरा विश्वविद्यालयका विभिन्न संकायमा अध्यनरत बिध्यार्थीहरुको उत्साहपूर्ण सहभागीतामा अपेक्षित नातिजसहित कार्यक्रम समापन भएको थियो|

उक्त कार्यक्रमका सभापति श्रीएकेन्द्र लम्सालले अन्तर्राष्ट्रिय, राष्ट्रिय एवम् अनलाइन स्वयमसेवाका प्रकार, तिनका काम कर्तब्य, तथा नियुक्ति प्रक्रिया र बिध्यार्थीको साझा सवाल सहज र सरल भाषामा जवाफ दिनुभएको थियो| उक्त कार्यक्रममा स्थानीय निकायको सुचना, सन्चार प्रविधिको अवस्था र स्वयमसेवकहरु द्वारा अपेक्षित परिवर्तित नतिजा सम्बन्धमा उपस्थित १० जना ICT Volunteer कै नेत्रित्व गर्दै ICT Volunteer श्रीगोविन्द पाठकले प्रस्तुत गर्नुभएको थियो| कार्यक्रम पोखरा विश्वविद्यालयका किर्तीराज ढकालले सन्चाल गर्नुभएको थियो|

कार्यक्रममा हामी सबैले आ-आफ्नो ठाउँबाट के कसरी स्वयमसेवा गरिरहेका छौ र समुदायमा अझै के कस्तो सेवा गर्न सक्छौ भनेर अन्तरक्रिया पनि भएको थियो| उक्त अन्तरक्रियामा निम्न शिर्षकमा स्थानीय समस्या र समाधान पहिचान गर्न सहभागीहरुले जोड दिनुभएको थियो|

सडक बत्ति
प्लास्टिक फोहोरमैला
स्थानीय स्वास्थ्य सेवा
समाज विकासमा महिला सहभागीताको न्युन उपस्थिति
स्थानीय निकायमा सुचना प्रवाहको गति
खेतीयोग्य जमिनमा प्लाटिंग व्यवस्था
इन्टरनेटको सहज पाउच
लेखनाथको सार्वजनिक यातायात
सरकारी सुचनाको सुलभता
दलित समुदायमा जनचेतनाको कमि
(स्कुले वालबालिकाद्वारा) लागूऔषध प्रयोग
ट्राफिक अनुगमन