साईबाबाको जन्मोत्सवमा विविध कार्यक्रम


पोखरा/

सत्य साई बाबाको जन्मोत्सवको अवसरमा पोखरामा रहेका केन्द्रहरुमा भएका विविध कार्यक्रम आईतबार सम्पन्न भएको छ। केन्द्रका सल्लाहकार डा. नारायण गौतमले उद्घाटन गर्नुभएको सो समापन कार्यक्रममा साईभक्तहरुको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा गौतमले स्वधर्म नै मानव धर्म रहेको वताउँदै साईबाबाको जिवनमा घटेका घटनाहरुको वताउनु भएको थियो।

जन्मोत्सवको अवसरमा सिमलचौर केन्द्रको आयोजनामा नगर संकृतन गरिएको थियो। भजन कृतन सहितको उक्त नगर संकृतनले आलुमाईला चोकदेखि सृजनाचोकस्थित पशुपतिनाथको मन्दिर परिक्रमा गरेको थियो। सो संकृतन यात्रामा कास्की जिल्लामा रहेका भलाम, शिशुवा, सेतीगंगा, रामघाट, राम बजार, वैदाम, हेमजा र लेखनाथको आवास नगर भजन समुहहरुको सहभागिता रहेको थियो।

त्यसै गरि नदिपुर केन्द्रबाट निस्किएको शोभा यात्रा नदिपुर, महेन्द्रपुल, चिप्लेढुङगा, सिद्धार्थ चोक, नालामुख हुदै नदिपुर केन्द्रमा पुगि समापन भएको थियो। विगत पाँच दिनदेखि संचालित सत्य साई बाबाको ८९ औं जन्मोत्सवको अवसरमा पहिलो दिन वृद्धाश्रममा फलफुल वितरण, दोश्रो दिन रक्तदान, तेश्रो दिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण र चोथो दिन मन्दिर सरसफाई गरिएको सिमलचौर केन्द्रकी अध्यक्ष सम्झना गुरुङले वताउनु भयो।